ताजा खबर

म्याग्दीमा जीप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते

   १४ कार्तिक २०७७, शुक्रबार १६:४४      1,411 views

म्याग्दी – म्याग्दीमा शुक्रबार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् ।

रघुगंगा गाउँपालिका ६ को ठाडाखानीबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ध १ ज ८९६ नम्बरको जीप बेनी–जोमसोम सडकखण्डको गलेश्वर नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

जीप दुर्घटनामा परेर ज्यान गुमाउनेमा अन्नपूर्ण गाउँपालिका २ को भूरुङ–तातोपानीकी १० वर्षीया बालिका रिया विक रहेको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका रघुगंगा ६ को पाखापानीका ३० वर्षीय चालक नन्दलाल छन्त्याल, आठ वर्षीया दीक्षा शेरपुजा र बेनी नगरपालिका ८ को बेनीका ४२ वर्षीय दलप्रसाद गौचनलाई थप उपचारका लागि पोखरा रेफर गरिएको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

त्यस्तै अन्नपूर्ण २ को भूरुङ–तातोपानीकी टकमाया विक, रघुगंगा ६ को पाखापानीका ३० वर्षीय वसन्त छन्त्याल, ५० वर्षीया अप्सरा पाईजा, २० वर्षीया सिर्जना शेरपुजा, ४० वर्षीया ठककुमारी शेरपुजा, १४ वर्षीया दिवा शेरपुजा, माया छन्त्याल र सात वर्षीया इच्छा शेरपुजा घाइते भएको प्रहरी निरीक्षक (इन्सपेक्टर) डाक्टरप्रसाद चौधरीले बताउनुभयो ।

घाइतेहरुको अहिले बेनी अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएकालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । घाइतेहरुको हातखुट्टा, मेरुदण्डलगायत शरीरको विभिन्न भागमा चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
%d bloggers like this: