
मादीको शिर क्रपु डाँडामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो
कास्कीको मादी गाउँपालिका वडा नम्बर २ मा पर्ने क्रपु डाँडामा यतिबेला आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको छ ।

दुई वर्ष अघि ताङतिङबाट क्रपु जोड्नको लागि अस्थायी ट्रयाक खुलेपछि गत वर्षबाट त्यहाँ घुम्न जाने पर्यटकको संङख्या उल्लेख्य रुपमा बढेको छ ।
गतवर्ष त्यसक्षेत्रमा अत्याधिक हिउँ परेपछि हिउँ खेल्न जाने पर्यटकको ताँती लागेको थियो । त्यही सिजनसँगै त्यहाँ मादी गाउँपालिकाले १० दिने मादी पर्यटन महोत्सव आयोजना गर्ने तयारी गर्दैगर्दा कोरोनाको कारण लकडाउन भएपछि सबै तयारी भएको महोत्सव अन्तिम समयमा आएर स्थगित भएको थियो ।

लामो समय कोरोनाले गर्दा थुप्रै पर्यटकीय स्थलहरु सुनसान भए गाउँगाउँमा पर्यटकलाई लक्षित गरेर खुलेका होमस्टेमा मान्छे आउन छोडे सबै क्षेत्रमा यसको असर परयो तर अब विस्तारै कोरोनासँगको डरलाई जितेर मान्छेहरु घरबाहिर फटफुट निस्कन थालेका छन् । पर्यटकीय स्थलहरुमा मान्छेको आउजाउ बढन थालेका छन् ।
अहिले ताङतिङ घुम्न जाने जो कोहि पर्यटक क्रपु डाँडा जान चाहन्छन् त्यसैले गाउँपालिका र वडा नं. २ को समन्वयमा हालै यस क्षेत्रको बाटो मर्मत र सफा गर्ने काम सकेको छ । योसँगै क्रपुमा घुम्न जाने र उच्च लेकाली क्षेत्रको मज्जा लिन चाहने सबै क्रपुमा पुग्ने गरेका छन् ।

समुन्द्री सहतबाट ३ हजार ८५ फिटको उचाईमा रहेको क्रपु डाँडा बाह्रै महिना पर्यटकहरुको लागि घुम्न लायक स्थल हो । हिउँदमा हिउँ पर्ने, लाली गुराँस फुल्ने र वर्खामा भुँईभरी रंगीविरङगी फूल फुल्ने यो क्षेत्र गुरुङ जातिको प्राचीन तथा ऐतिहासिक थलो मानिन्छ ।
यहाँबाट सुर्योदयको दृष्य देखिनुका साथै अन्नपूर्ण र लमजुङ हिमाल नजिकैबाट नियाल्न सकिन्छ भने कास्की र लमजुङका थुप्रै गाउँहरु हेर्न सकिन्छ ।

अहिले यसक्षेत्रमा गाडी पुगेपछि यहाँ सोलार राख्ने, डाँडा सम्याएर विभिन्न भौतिक संरचना बनाउने तयारी समेत भई रहेको मादी २ का वडा अध्यक्ष एकजंग गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पोखराको काहुँखोलाबाट ज्याम्दु, ताङतिङ हुँदै ३ घन्टाको जीप यात्रामा क्रपु डाँडा पुग्न सकिन्छ ।

यसैबीच क्रपुमा बाटो पुगेसँगै ताङतिङ जन्मघर भई हाल पोखरामा बसोबास गर्ने क्रोम्छैं, त्होर्जे र लेम्स्यों रिं च्हमीको समुहले यस सिजनको पहिलो क्रपु भ्रमण गरेका छन् ।

आफनो गाउँ ठाउँको आन्तरिक पर्यटन प्रबद्र्धनको लागि आफैबाट पहल गर्ने उद्देश्यले सो चेलीबेटीको समुह एकदिने अवलोकन भ्रमणमा गएको थियो ।

भ्रमणका क्रममा उनीहरुले सकरात्मक काम गर्ने व्यक्तिहरुलाई हौसला प्रदान गर्ने भन्दै मादी २ का वडा अध्यक्ष एकजंग गुरुङ, जीप चालक र डोजर चालकलाई फूलमालाले स्वागत र सम्मान गरेका थिए ।
आजको खबर

पोखरासंविधान दिवसको सन्दर्भमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले बुधबार “संचारकर्मीसंग नेकपा (एमाले) “कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पार्टी सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले…
अझै पढ्नुहोस्Follow Us

एमाले गण्डकीको संचारकर्मीसंग नेकपा (एमाले) कार्यक्रम सम्पन्न
४ आश्विन २०८०, बिहीबार १२:३६
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38