
गुरुङ साहित्यिक मञ्च नेपालको दोस्रो अधिवेशनबाट अध्यक्षमा पुनः गौरी तमू निर्वाचित
गुरुङ साहित्यिक मञ्च नेपालको दोस्रो अधिवेशन तथा चौथो वार्षिक साधारणसभा आज पोखरामा सम्पन्न भएको छ ।

कोरोना जोखिमले गर्दा उद्घाटन सत्र नगरी सिधै बन्दसत्र शुरुभएको अधिवेशन तथा साधारणसभामा मञ्चकी महासचिव रोशनी गुरुङको प्रगति प्रतिवेदन र कोषाध्यक्ष जसु गुरुङको आर्थिक प्रतिवेदन बन्दसत्रले सर्वसम्मत रुपमा पारित गरेको छ ।
मञ्चकी सल्लाहकार वरिष्ठ सञ्चारकर्मी शान्ति गुरुङको अध्यक्षतामा गठन भएको निर्वाचन समितिले मञ्चको बन्दसत्र लगायतको निर्वाचनको कार्यक्रम सम्पन्न गरेको थियो ।

तमू धीं नेपालका उपाध्यक्ष सु.मे.श्रीप्रसाद गुरुङ र युवा समाजसेवी अमृत गुरुङ सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत रुपमा नयाँ कार्य समितिको चयन गर्न सफल भएको हो ।
यसैबीच मञ्चको दोस्रो अधिवेशनले पुनः गौरी तमू (कास्की) को अध्यक्षतामा आगामी तीन वर्षको लागि नयाँ कार्य समितिको चयन गरेको छ । जसको उपाध्यक्षमा रोशन गुरुङ (स्याङजा), महासचिवमा रोशनी गुरुङ (कास्की), सचिवमा तुलबहादुर गुरुङ (स्याङजा), कोषाध्यक्षमा जसु गुरुङ (स्याङजा), सह–कोषाध्यक्षमा सम्राट गुरुङ (कास्की) लाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा तेजबहादुर च्हाक्ली तमू (स्याङजा), सुजन गुरुङ (स्याङजा), मिश्रा गुरुङ (सुनसरी), माया गुरुङ (तनहुँ÷चितवन), छम गुरुङ (गोरखा÷काठमाडौं) रहनु भएको छ । बाँकी २ जना सदस्य पछि थप हुने नवनिर्वाचित अध्यक्ष गौरी तमूले जानकारी दिनुभयो छ ।

मञ्चको नवनिर्वाचित कार्यसमितिलाई तमू साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङ, एनआरएन यु.के.का प्रमुख संरक्षक मे.डमर घले, तमू धीं नेपालका उपाध्यक्ष सु.मे.श्रीप्रसाद गुरुङ, मञ्चका सल्लाहकार शान्ति गुरुङ लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।
दोस्रो कार्यकाल पनि अध्यक्षमा निर्वाचित भएपछि नवनिर्वाचित अध्यक्ष गौरी तमूले आफनो दोस्रो कार्यकालमा पहिलो कार्यकालमा अधुरो रहेको कामहरु पुरा गर्ने र संस्थाको विधानभित्र रहेर आफनो ब्रह्म ज्ञानले देखेसम्मको काम गर्न सधैं क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38