
बागलुङ समाज, सैनिकबस्तीको अध्यक्षमा हरकुमार राना
बागलुङ समाज, सैनिकबस्ती ग्रुप नं. २, पोखरा–२९, कास्कीको तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनबाट अध्यक्षमा हरकुमार राना चयन हुनुभएको छ ।

शनिबार सम्पन्न समाजको अधिवेशनबाट उपाध्यक्षमा भावना पुन, सचिवमा लक्ष्मण पुन, सह–सचिवमा दिलुमाया काउचा र कोषाध्यक्षमा बल्लुवी श्रीस चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा उत्तम पुन, ज्ञानु पुन, मनमाया बहिक, रोममाया श्रीस, टिका थापा र देवी पुन चयन हुनुभएको छ । त्यस्तै, समाजको अनुगमन समितिमा थलबहादुर पाण्डे, देवीराम थापा र खगी पुन रहनुभएको छ ।
यसैबीच, बागलुङ समाज अन्तर्गतको आमा समूहको समेत नयाँ नेतृत्व चयन भएको छ । आमा समूहको अध्यक्षमा उमादेवी पाण्डे चयन हुनुभएको छ ।
त्यसैगरी, उपाध्यक्षमा विमला थापा, सचिवमा दिलुमाया काउचा, सह–सचिवमा मीना पौडेल र कोषाध्यक्षमा विष्णु थापा चयन हुनुभएको छ भने सदस्यहरूमा भाइरती थापा, मनकली थापा, रनमती घर्ती, नेमकुमारी थापा, दोमाया पुन र ज्ञानु काउचा रहनुभएको छ ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नंं. २९ का वडा सदस्य थलबहादुर पाण्डेले सबै जातजातिलाई समेटेर समाजको स्थापना गरिएको बताउनुभयो । समाजलाई वडाको तर्फबाट सधैं सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले कोभिड–१९ को महामारीबाट बच्न सबैले सतर्कता अपनाउनु आवश्यक रहेकोमा जोड दिनुभयो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38