
गुरुङ साहित्यिक मञ्च नेपालमा ५ जना सल्लाहकार र २ जना सदस्य मनोनीत
गुरुङ साहित्यिक मञ्च नेपालको नव निर्वाचित कार्य समितिको पहिलो बैठकले मञ्चको सल्लाहकार र दुई जना कार्य समितिको मनोनयन गरेको छ ।

मञ्चकी अध्यक्ष गौरी तमूको अध्यक्षतामा बसेको पहिलो बैठकले मञ्चको सल्लाहकारहरुमा एकेन्द्र गुरुङ (युके), तीर्थ गुरुङ (कास्की), गुरुङ रामप्रकाश ‘समथिङ’ (पाँचथर), शान्ति गुरुङ (कास्की), भिम गुरुङ (रुपन्देही) लाई मनोनयन गरेको छ ।
यस्तै मञ्चको खाली रहेको दुई जना कार्य समितिको सदस्यहरुमा अमृत गुरुङ (कास्की) र आश गुरुङ (लमजुङ) लाई मनोनीत गरिएको मञ्चकी अध्यक्ष गौरी तमूले जानकारी दिनुभयो ।

मञ्चले यसअघि हरेक महिनाको अन्तिम शुक्रबार गर्दै आएको नियमित रचना वाचन कार्यक्रमलाई निरन्तरता दिदै अबदेखि रचना वाचनसँगै तमू जातिको मौलिक संस्कार र संस्कृतिको विभिन्न विषयमा पनि छलफल र बहस गर्ने भएको छ ।
यस्तै मञ्चले विशेष महत्वका कार्यक्रमहरुमा भन्दा बाहेक आसन ग्रहण, भाषण, फूलमाला र खादालाई प्राथमिकतामा नराख्ने निर्णय समेत गरेको छ ।
साथै बैठकले मञ्चको अफिसियल मिडिया पाटर्नरमा मादी न्युज डटकम, तमूमै ताँ र अफिसियल फोटोग्राफरमा मणि सरब्ज तमूलाई नियुक्त गरेको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38