
कवि केबी नाम्जाली स्मृति अक्षयकोषको राशि १ लाख १ हजार पुग्यो
कवि केबी नाम्जाली भुरुङ मगरको नाममा स्थापित “कवि केबी नाम्जाली भुरुङ मगर स्मृति अक्षयकोष”को राशि १ लाख १ हजार रुपैयाँ पु¥याइएको छ ।

मगर भाषा प्रतिष्ठान, कास्कीले सञ्चालन गर्ने अक्षयकोषमा यसअघि ६० हजार रुपैयाँ रहेको थियो । अक्षयकोषमा कवि भुरुङ परिवारले ४१ हजार रुपैयाँ थप रकम हस्तान्तरण गरेपछि अब अक्षयकोषको रकम १ लाख १ हजार रुपैयाँ भएको छ ।
अक्षयकोषको ब्याजबाट हरेक दुई/दुई वर्षमा एक जना मगर स्रष्टालाई सम्मान गरिँदै आएको छ । अक्षयकोषको थप रकम बिहीबार आयोजित कवि नाम्जालीको ५४ औं जन्मजयन्तीका अवसरमा कविपत्नी शशी थापामगरले प्रतिष्ठानका अध्यक्ष रूद्रबहादुर हितानमगरलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रीय सदस्य पूर्णबहादुर रानामगरले मगर समुदायका एक होनहार स्रष्टालाई अल्पायुमै गुमाउनुपर्दा पीडाबोध भइरहने बताउनुभयो । मगर भाषा र साहित्यको विकासमा कवि नाम्जालीले पु¥याएको योगदान अतुलनीय रहेको भन्दै रानामगरले कवि नाम्जालीका अप्रकाशित कृति र रचना प्रकाशनका लागि मगर संघले सहयोग गर्ने उल्लेख गर्नुभयो ।
मगर भाषा र साहित्यको विकासमा लागिपरेका स्रष्टाहरूलाई राज्यले बेवास्ता गर्ने गरेको जनाउँदै उहाँले ओझेलमा रहेका मगर स्रष्टालाई अघि ल्याउन मगर भाषा प्रतिष्ठानजस्ता संस्थाले अगुवाइ गर्नुपर्ने बताउनुभयो ।
अक्षयकोषका संरक्षक एवं कविका मामा क्या. नरेश थापामगरले कवि नाम्जाली एक क्रान्तिकारी कवि भएको बताउनुभयो । कविले लेखेका ऊ बेलाका कवितांशजस्तै देश र समाजको परिस्थिति समेत अझै उस्तै रहेको बताउँदै उहाँले कविका हिजोका रचना आज पनि उत्तिकै सान्दर्भिक बनिरहेको भनाइ राख्नुभयो ।
नेपाल मगर संघ, कास्कीकी जिल्ला सदस्य पुष्पा पुनमगरले मगर समुदायको धेरै ठूलो जनसंख्या आफ्नो मातृभाषाबाट वञ्चित भएको अवस्था रहेको भन्दै मगर भाषा संरक्षणमा अहोरात्र खट्ने व्यक्ति कमै भएको उल्लेख गर्नुभयो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38