
समाजसेवी सुकु तुलाचनद्धारा छोराको स्मृतिमा द्वन्द्वपीडित बालबालिकालाई सहयोग
आफ्ना स्वर्गीय छोरा सुमन शेरचनको स्मृतिमा मार्सी भान्छा घर प्रालि एण्ड बैना दोहोरी साँझ, पोखराकी प्रबन्धक सुकु तुलाचनले एकीकृत सिर्जनशील समाज नेपाल, काठमाडौंमा रहेका द्वन्द्वपीडित असहाय बालबालिकाको सहयोगार्थ १० हजार रुपैयाँ नगद सहयोग गर्नुभएको छ ।

तुलाचनले आइतबार समाजकी कोषाध्यक्ष एवं असहाय बालबालिकाहरूकी आमाका रुपमा प्रसिद्धि कमाएकी सामाजिक अभियन्ता जुनु पुनलाई सो नगद सहयोग हस्तान्तरण गर्नुभयो ।
नगद सहयोग ग्रहण गर्दै सामाजिक अभियन्ता पुनले आफ्नो दिवंगत छोराको स्मृतिमा आफ्ना आमा बुबा नभएका बालबालिकाका लागि तुलाचनले गरेको सहयोग महत्वपूर्ण भएको बताउनुभयो । पुनले आफ्नो छोरा नभएपनि समाजमा रहेका असहाय बालबालिकालाई आफ्नै छोराछोरी सम्झेर गरेको सहयोगका लागि तुलाचनलाई धन्यवाद दिनुभयो ।
त्यस्तै, नगद हस्तान्तरण गर्दै स्व. सुमन शेरचनकी आमा सुकु तुलाचनले आफ्नो छोरा नभएपनि सिर्जनशील समाजमा रहेका बालबालिकालाई आफ्नै छोराछोरी सम्झेर थोरै भएपनि आर्थिक सहयोग गरेको बताउनुभयो ।
आफूले पहिलेदेखि नै सहयोग गर्न चाहेको भएपनि समय नमिलेको बताउँदै तुलाचनले अहिले बल्ल छोराको नाममा सहयोग गर्ने मेसो मिलेको उल्लेख गर्नुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्रबहादुर श्रीस, मार्सी भान्छा घर प्रालि एण्ड बैना दोहोरी साँझका सञ्चालक गोविन्द काला, टाइगर्स फिल्मस् प्रालिका अध्यक्ष एवं निर्देशक गोविन्द पुनको विशेष उपस्थितिमा सो नगद सहयोग हस्तान्तरण गरिएको हो ।
तुलाचनकी छोरा सुमन शेरचनको २०७६ असोज २४ गते ब्लड क्यान्सरका कारण २१ वर्षको अल्पायुमै निधन भएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38