ताजा खबर

पोखरा क्षेत्रीय /अन्तर्राष्ट्रिय विमानस्थलप्रति पोउवा संघको चासो

   ३ माघ २०७७, शनिबार १९:०१      172 views

पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति चासो देखाएको छ ।

संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा शुक्रबार विमानस्थल निर्माण क्षेत्रमा पुगेको प्रतिनिधिमण्डलले निर्माण प्रगति,त्यसको अवस्थाबारे जानकारी लिएको महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिए । उनका अनुसार प्रतिनिधिमण्डलाई आयोजनाका वरिष्ठ अधिकृत इञ्जिनियर कृष्ण पौडेलले विमानस्थल निर्माणका विविध पक्षबारे जानकारी गराएका थिए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले विमानस्थल निर्माणको लागि पोखरा उद्योग वाणिज्य संघले २०३३ सालदेखि गरेको पहलदेखि रिले अनसनसम्मका प्रसंग स्मरण गर्दै विमानस्थल तोकिएकै मितिमा संचालन हुनुपर्नेमा जोड दिए ।

विमानस्थल तोकिएकै मितिमा संचालन भए त्यसले कोभिड–१९ ले थलिएको पर्यटन उद्योगसहित सम्पूर्ण निजी क्षेत्रलाई लाभ पुग्ने उनको भनाई थियो । अध्यक्ष कोइरालाले विमानस्थल संचालनपछि निजी क्षेत्रले त्यसबाट समुचित लाभ लिने खालका कार्यक्रम बनाउन एवं सहकार्य गर्न पोखरा उद्योग वाणिज्य संघ सदैव तयार रहेको जनाउँदै आफैले लविङ गरेको विमानस्थल निर्माणमा भएको प्रगतिमा सन्तोष व्यक्त गरे ।

२०३२ सालमा ३१०६ रोपनी जग्गा अधिग्रहण भएसँगै पोखरा उद्योग वाणिज्य संघले विमानस्थल निर्माणको लागि पैरवी गर्दै आइरहेको छ ।

विभिन्न समयमा प्रधानमन्त्री,पर्यटनमन्त्री तथा अन्य सरोकारवाला निकायहरुसँग निरन्तर पैरवीमा रहेको संघले बाध्य भएर २०६८ सालमा रिले अनसनको नेतृत्व नै गरेको थियो । संघले अगुवाई गरेको सो रिले अनसनमा पोखराका सबैजसो संघ÷संस्था, नागरिक समाज तथा गण्डकी प्रदेशभित्रका उद्योग वाणिज्य संघहरुले ऐक्यवद्धता जनाएका थिए ।

0 0 vote
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: