
हङकङमा कार्यरत गुरुङ चलचित्रकर्मीद्धारा ‘एलिना गुरुङ जिताऔं’ अभियानलाई ६१ हजार सहयोग
नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको गायन रियालिटि सो वाइ वाइ नेपाल स्टारका फाइनलिष्ट एलिना गुरुङलाई विजेता बनाउन देश विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ ।

यसैबीच आज आल हङकङलाई कर्मथलो बनाउदै आउनुभएका गुरुङ चलचित्रकर्मीहरुले संकलन गरेको ६१ हजार ६ सय २० रुपैयाँ समितिका संयोजक मेनकाजी गुरुङलाई हस्तान्तरण गरिएको छ ।
हाल हङकङमा रहनुभएका जिफाह हङकङका अध्यक्ष रोशन गुरुङले ५०० हङकङ डलर, तमू चलचित्रका नयाक एवम् जिफाह हङकङका सचिव विश्वास गुरुङबाट ५०० हङकङ डलर, जिफाह हङकङका सल्लाहकारहरु दुर्गा गुरुङ (मिलन)बाट ५०० हङकङ डलर, इन्द्रकाजी गुरुङबाट २०० हङकङ डलर प्रदान गरिएको छ ।
यस्तै चलचित्र निर्मात्री दिपा गुरुङबाट २०० हङकङ डलर, निर्माता भिम गुरुङबाट २०० डलर, जिफाह हङकङका प्रथम उपाध्यक्ष चौ गुरुङबाट १०० डलर, निर्माता राम गुरुङबाट ३०० डलर, नयाक गमन घलेबाट २०० डलर, निर्माता जंगबहादुर गुरुङबाट ५०० डलर, निर्माता हर्कबहादुर गुरुङबाट ५०० डलर, निर्माता गौरवकुमार गुरुङबाट २०० डलर प्रदान गरिएको छ ।
यसरी जम्मा भएको कुल रकम ३९०० हङकङ डलरबाट नेपाली रुपैयाँ ६१ हजार ६ सय २० रुपैयाँ आज एलिना गुरुङ जिताऔ अभियानका सचिव रोशनी गुरुङले समितिका संयोजक मेनकाजी गुरुङ र एलिनाकी आमा श्याममाया गुरुङलाई संयुक्त रुपमा प्रदान गर्नुभएको छ ।
हङकङमा नयाक एवम् जिफाह हङकङका सचिव विश्वास गुरुङको नेतृत्वमा सो रकम संकलन गरिएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38