
गुरुङ साहित्यिक मञ्चले चैत्र १९ देखि २१ गतेसम्म विभिन्न कार्यक्रम गरि चौंथो स्थापना दिवस मनाउने
गुरुङ साहित्यिक मञ्च नेपालले आगामी चैत्र १९ गतेदेखि २१ गतेसम्म तीन दिन विभिन्न कार्यक्रम गरि चौंथो स्थापना दिवस मनाउने भएको छ ।

मञ्चले तीन दिने कार्यक्रम अन्तरगत कविता प्रतियोगिता आयोजना गर्ने, गुरुङ गाउँको भ्रमण गर्ने, साहित्यिक ज्ञान उत्सव सञ्चालन गर्ने र पुरस्कार वितरण सहित मुल समारोह आयोजना गर्ने गरि कार्यक्रम तय गरेको छ ।
गतवर्ष स्थापना दिवस कार्यक्रमको सम्पूर्ण तयारी गरिसकेको मञ्चले कारोना महामारीले गर्दा अन्तिम समयमा आएर कार्यक्रम स्थगित गरेको थियो ।
मञ्चको शनिबार पोखरामा सम्पन्न बैठकले स्थापना दिवसलाई भव्य र सभ्य रुपमा मनाउन विभिन्न उप समिति समेत गठन गरेको छ ।
जस अन्तरगत साहित्यिक ज्ञान उत्वस कार्यक्रमका लागि विषय वस्तु र वक्ताहरुको छनौट गर्न मञ्चकी अध्यक्ष गौरी तमू संयोजक रहने गरि उपसमिति गठन गरिएको छ जसको सदस्यहरुमा उपाध्यक्ष रोशन गुरुङ र कार्य समिति सदस्यद्धय अमृत गुरुङ र छम गुरुङ रहनु भएको छ । यस्तै महासचिव रोशनी गुरुङको संयोजकत्वमा प्रस्तावना लेखन समिति गठन गरिएको छ ।
जसको सदस्यहरुमा सचिव तुलबहादुर गुरुङ र कार्य समिति सदस्य तेजबहादुर च्हाक्ली तमू रहनु भएको छ ।
यस्तै मञ्चका पुर्व सल्लाहकार एवम् अक्षयकोषदाता हाल युके निवासी योगेश गुरुङद्धारा स्थापित एवम् गुरुङ साहित्यिक मञ्च नेपालद्धारा सञ्चालित अक्षयकोषबाट पुरस्कार प्रदान गर्ने गरि आयोजना गरिने कविता प्रतियोगिताको निम्ती बराइन स्थित कवि चन्द्र गुरुङको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । जसको सदस्यहरुमा मञ्चका सल्लाहकार बेलायत स्थित लेखक एवम् गीतकार एकेन्द्र गुरुङ र मञ्चकी अध्यक्ष गौरी तमू पदेना सदस्य रहनुभएको छ ।
यस्तै मञ्चकी कोषाध्यक्ष जसु गुरुङको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ । जसको सदस्यहरुमा सह–कोषाध्यक्ष सम्राट गुरुङ र कार्यसमिति सदस्यद्धय माया गुरुङ र मिश्रा गुरुङ रहनुभएको छ ।
यस्तै कार्यसमिति सदस्य एवम् पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । जसको सदस्यहरुमा मञ्चका अफिसियल फोटोग्राफर मणि सरब्जा तमू र अफिसियल भिडियोग्राफर युग गुरुङ रहनुभएको छ ।
यस्तै कार्यसमितिका सदस्य तुलबहादुर गुरुङको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको छ । जसको सदस्यहरुमा कोषाध्यक्ष जसु गुरुङ र सदस्य अमृत गुरुङ रहनुभएको छ भने व्यानर तथा प्रमाणपत्र व्यवस्थापन उपसमितिको संयोजकमा कार्यसमिति सदस्य सम्राट गुरुङ रहनुभएको छ भने सदस्यमा सुजन गुरुङ रहनुभएको छ ।
यसैबीच मञ्चले यहि माघ ३० गते शुक्रबार दिउँसो ३ बजे मञ्चको नियमित मासिक कार्यक्रम समेत सञ्चालन गर्ने भएको छ । जस अन्तरगत यो महिना मञ्चका उपाध्यक्ष रोशन गुरुङले प्रशिक्षण सहित कार्यक्रमको नेतृत्व गर्ने निर्णय भएको मञ्चकी अध्यक्ष गौरी तमूले जानकारी दिनुभयो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38