
याङजाकोटमै गाउँपालिकाको केन्द्र राख्नुपर्ने माग गर्दै आज पनि स्थानियद्धारा धर्ना कार्यक्रम जारी
मादी गाउँपालिकाको केन्द्र याङजाकोटमै रहनुपर्ने माग गर्दै आन्दोलनरत याङजाकोटबासीले आज तेस्रो दिन आफनो आन्दोलनको कार्यक्रम स्वरुप शान्तिपुर्ण धर्ना कार्यक्रम जारी राखेको छ ।

याङजाकोटबाट गाउँपालिकाको केन्द्र साझा बेत्यानी सार्न लागेको कुरा थाहा पाएपछि स्थानियहरुले अस्ति स्थानिय युवा समाजसेवी नारायण गुरुङको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरेको थियो ।
समिति गठन गरेर आन्दोलनको पहिलो चरण स्वरुप गाउँपालिकाको केन्द्रमा ताला लगाएको थियो ।
हिजो गाउँपालिकाले ताला खोलेपछि शुरु भएको विवादका कारण दिनभर याङजाकोटको झयाली पोखरी तनावग्रस्त बनेको थियो ।
त्यही क्रममा आक्रोसित स्थानियले गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ लगायतको केही जनप्रतिनिधिलाई नियन्त्रणमा समेत लिएको थियो भने आक्रोसित भिडले गाउँपालिकाको गेटमा समेत क्षति पुरयाएको छ ।

समितिले आज आन्दोलनको तेस्रो लिन पनि गाउँपालिकाको केन्द्रमा शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरेर कोणसभा समेत गरेको छ । आज तेस्रोदिनको आन्दोलनमा पनि सबै गाउँले स्वःस्फुर्तरुपमा सहभागि भएको संघर्ष समितिका संयोजक नारायण गुरुङले जानकारी दिनुभयो ।
याङजाकोटमा नै पालिकाको केन्द्र हुनुपर्ने तथा साझा बेत्यानी भन्दा याङजाकोट गाउँ भौगोलिक रुपमा पनि र पुर्वाधार निर्माणको हिसाबले पनि सुविधा सम्पन्न रहेकोले याङजाकोटमा केन्द्र राख्ने निर्णय नहुँदसम्म आफूहरुको आन्दोलन जारी रहने संयोजक गुरुङले बताउनुभयो ।
यसअघि नै याङजाकोटमै केन्द्र तोकिनुपर्ने आवश्यक कारण सहित याङजाकोटबासीले जिल्ला आदलत कास्कीमा रिट समेत दायर गरिसकेको छ । सो रिटको पहिलो चरणको सुनुवाई आगामी आइतबार हुने भएकोले आइतबारसम्म आफूहरुको पहिलो चरणको आन्दोलन शान्तिपूर्ण धर्ना नै रहने बताइएको छ ।

गाउँपालिकाको गाउँसभाले पालिकाको केन्द्र तोक्न गरेको निर्णय लामो समयसम्म गुपचुप राखेको र आफूहरुलाई झुक्याएर याङजाकोटलाई अपायक तथा अर्पायाप्त जग्गा भएको कारण देखाएर साझा बेत्यानीमा केन्द्र सार्न चलखेल स्थानियको आरोप छ ।
गाउँपालिकाले गतवर्षको पुस महिनामा सम्पन्न भएको छैठौं गाउँसभाले याङजाकोट झयाली पोखरी, याङजाकोट देउराली, मादी ४ माझडीही र साझा बेत्यानी गरि चारवटा वैकल्पिक स्थानलाई सर्वसम्मत रुपमा छनौट गरि प्रदेश सरकारलाई सिफासिर गरेको थियो ।

गण्डकी प्रदेश सरकारले यी चारवटा स्थान मध्येबाट साझा बेत्यानीलाई उपयुक्त स्थानको रुपमा छनौट गरि गत माघ ५ गते संघीय सरकारलाई अनुमोदनको लागि सिफारिस गरि पठाएपछि अहिले याङजाकोटबासी आक्रोसि बनेका छन् । यद्यपी संघीय सरकारले यस विषयलाई अनुमोदन भने गरि सकेको छैन ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38