
गुरुङ पर्यटन व्यवसायी संघ गण्डकीको आठौं वार्षिक साधारणसभा सम्पन्न
गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन) गण्डकी प्रदेशको आठौं वार्षिक साधारणसभा आज पोखरामा सम्पन्न भएको छ ।

संघका केन्द्रिय अध्यक्ष अम्बिर गुरुङको प्रमुख अतिथ्यतामा भएको साधारणसभामा गुरुङले कारोना महामारीले पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र अहिलेसम्म पनि चलायमान हुने अवस्थामा पुगि नसेकेको हुनाले यसवर्ष संघको केन्द्रिय समिति र गण्डकी प्रदेश समिति कुनै पनि सोच जस्तो गतिविधि सञ्चालन गर्न नसकेको भन्दै अब विस्तारै आफनो व्यवसाय र संस्थागत गतिविधिहरुलाई अगाडी बढाउनुपर्ने बताउनुभयो ।
यस्तै संघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजंग गुरुङले अब पर्यटन व्यवसायीले पर्यटन बाहेक अरु क्षेत्रको व्यवसायमा पनि विस्तारै ध्यानदिनुपर्ने र अब महिलालाई पनि व्यवसायीक रुपमा अगाडी बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका कार्य समिति सदस्य पवित्रादेवी गुरुङले गुरुङहरु पर्यटनमा मात्र नभई हरेक क्षेत्रको व्यवसायमा संलग्न हुन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा जिटिनका केन्द्रिय उपाध्यक्ष ईश्वर गुरुङ, केन्द्रिय सदस्य अभिनास गुरुङ, तमू धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, प्याराग्लाइडिङको अन्तर्राट्रिष्य खेलाडी युकेश गुरुङ लगायतले साधारणसभाको सफलताको शुभकामना दिनुभएको थियो ।

जिटिन गण्डकीका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम महासचिव अभिलास गुरुङले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष किसमकुमारी गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो । आज साधारणसभाले महासचिव र कोषाध्यक्षको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38