
गुरुङ साहित्यिक मञ्चको चौंथो स्थापना दिवसमा कविता प्रतियोगिता हुँदै
गुरुङ साहित्यिक मञ्च नेपालले आगामी चैत्र २१ गते आफनो चौंथो स्थापना दिवसको अवसर पारेर कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।

मञ्चको पोखरामा सम्पन्न बैठकले कविता प्रतियोगिता सहित विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाउने निर्णय गरेको मञ्चकी अध्यक्ष गौरी तमूले जानकारी दिनुभयो ।
बैठकले कविता प्रतियोगिता सम्पन्न गर्नका निम्ति कवि चन्द्र गुरुङको संयोजकत्वमा मञ्चका प्रमुख सल्लाहकार एकेन्द्र गुरुङ र मञ्चकी अध्यक्ष गौरी तमू पदेना सदस्य रहने गरि तीन सदस्यीय छनौट समिति गठन गरेको छ ।
मञ्चका निर्वतमान सल्लाहकार एवम् अक्षयकोषदाता बेलायत निवास योगेश गुरुङले स्थापना गर्नुभएको अक्षयकोषबाट पुरस्कार वितरण गर्ने गरी प्रतियोगिता आयोजना गर्न लागिएको छ ।
मञ्चले गत वर्ष नै आयोजना गर्ने भनेको कविता प्रतियोगिता कोरोना महामारीले गर्दा स्थगित भएपछि यसवर्ष पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।
इन्टरनेटको माध्यमबाट संसारको जुनसुकै कुनाबाट कविहरुले आफनो कविता आयोजकलाई पठाउन सक्ने छन ।
यसरी खुल्ला रुपमा प्राप्त भएको कविता मध्ये प्रथम, द्धितिय, तृतिया र सान्त्वाना हुने कविहरुलाई मञ्चको स्थापना दिवसको अवसर पारेर कविता वाचनको मौका सहित नगद पुरस्कार वितरण गरिने प्रतियोगिताका संयोजक कवि चन्द्र गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्धितिय हुनेले ७ हजार, तृतिय हुनेले ५ हजार र सान्त्वाना हुने कविले ३ हजार नगद पुरस्कार पाउने छ । प्रतियोगितामा संसारभरका तमू कविहरुले मात्र भाग लिन पाउने छन् ।
प्रतियोगिहरुले २०७७ चैत्र १० गतेसम्म आफनो कविता [email protected] वा [email protected] मा पठाउनुपर्नेछ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38