ताजा खबर

पोखरामा चैत २१ देखि २८ गतेसम्म आहा रारा गोल्डकप हुँदै, आठ टिमले सहभागी हुने

   २९ फाल्गुन २०७७, शनिबार १६:५८      1,906 views

मोफसलको बहुप्रतिष्ठित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आउँदो चैत्र २१ गतेदेखि हुने भएको छ ।

’खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यसाथ सहारा क्लब पोखराद्वारा आयोजित १९ औं संस्करणको २८ गते सम्म सञ्चालन हुनेछ । खेलमा ८ वटा टिम सहभागी हुनेछन् ।

पोखरा रङ्गशालामा हुने प्रतियोगितामा मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, थ्री स्टार, नेपाल एपीएफ, सङ्कटा, मच्छिन्द्र, अफ्रिकन रुट एसोसिएशन डउला क्यामरुन र आयोजक सहारा क्लबले प्रतिस्पर्धा गर्ने अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम र दोश्रो हुनेले क्रमशः १० लाख १ हजार र ५ लाख १ हजार रुपैयाँ प्रदान गरिनेछ ।

यस प्रतियोगिताको अनुमानित आम्दानी १ करोड २९ लाख १ हजार रुपैयाँ र अनुमानित खर्च १ करोड १ लाख ८१ हजार रुपैयाँ अनुमान गरिएको छ । क्याराभान गोल्ड कपसहित २० औं वर्षदेखि निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा बचत हुन आएको रकम क्लबबाट सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ ।

१८ औं संस्करणको विजेता नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब र उप–विजेता नेपाल पुलिस क्लब रहेको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: