
गुरुङ साहित्यिक मञ्चको कविता प्रतियोगितामा पसगाउँकी कवि हेलीसा गुरुङ प्रथम
गुरुङ साहित्यिक मञ्च नेपालले आफनो चौंथो स्थापना दिवसको अवसरमा आयोजना गरेको कविता प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ ।

प्रकाशित नतिजा अनुसार लमजुङको क्व्होलासोंथार गाउँपालिका ६ पसगाउँ स्थायी घरभइ हाल लण्डन, युके निवासी हेलिसा गुरुङ प्रथम हुनुभएको छ ।
यस्तै लमजुङको भुजुङ स्थायी घर भई हाल पोखरा १३ बाझापाटन निवासी पवित्रा गुरुङ द्धितिय हुनुभएको छ भने कास्कीको घान्द्रुक स्थायी घर भइ हाल युके निवासी अमर लेम तमु तृतिय हुनुभएको छ ।
प्रतियोगितामा क्व्होलासोंथार–८, घाम्राङ, लम्जुङ निवासी सविना गुरुङ र क्व्होलासोंथार–४, भुजुङ, लम्जुङ निवासी मिनमाया गुरुङले सान्त्वना स्थान हासिल गरेको प्रतियोगिताका निर्णायक संयोजक एवम कवि चन्द्र गुरुङले जानकारी दिनुभएको छ ।
बिजेता प्रतियोगिहरुले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैंयाँ नगद पुरस्कार पाउनुका साथै पुरुष प्रतियोगिले क्रेगी र महिला प्रतियोगिले क्रमु साथमा प्रमाणपत्र प्राप्त गर्नेछ । पुरस्कार यहि चैत्र २१ गते मञ्चको चौंथो स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहमा प्रदान गरिने छ ।
प्रतियोगितामा पुरस्कार जित्न सफल सबै प्रतियोगिका कविताहरु कवि स्वमको उपस्थितमा या कुनै दोस्रो व्यक्तिबाट उक्त कार्यक्रममा वाचन समेत गरिने छ ।
गुरुङ साहित्यिक मञ्चका निर्वतमान सल्लाहकार एवं अक्षयकोष दाता युके निवासी योगेश गुरुङद्धारा स्थापना गर्नुभएको अक्षयकोषबाट मञ्चले प्रत्येक दुईवर्षमा कविता प्रतियोगिताको आयोजना गर्ने मञ्चकी अध्यक्ष गौरी तमूले जानकारी दिनुभयो । प्रतियोगिताको यो पहिलो संस्करण हो ।
आजको खबर
Follow Us

कास्की रातो र निलो बीचको टेष्ट सिरिज बराबरी
२७ चैत्र २०७७, शुक्रबार १२:२५
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38