ताजा खबर

कास्की रातो र निलो बीचको टेष्ट सिरिज बराबरी

   २७ चैत्र २०७७, शुक्रबार १२:२५      1,706 views

पोखरामा आयोजित यु–१९ दुईदिवसीय क्रिकेट टेष्ट सिरिजमा कास्की रातो र निलोले बराबरीमा टुंगिएको छ ।

कास्की रातोले दोस्रो दिन दोस्रो इनिङ शुरु गर्दै २५ ओभरमा ४ विकेटको क्षतिमा १३८ रन बनाएपछि सिरिज बराबरीमै टुंगिएको थियो ।


कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित टेष्ट सिरिजमा कास्की निलोले पहिलो दिनको इनिङमा १७२ रन बनाउने क्रममा सबै विकेट गुमाएपछि कास्की रातोले आफनो व्याटिङ शुरु गरेको थियो ।

१०३ रनबाट खेल्न थालेको रातोले दोस्रो दिन १७७ रनमा सबै विकेट गुमाएको थियो । पहिलो इनिङमा निलो ५ रनले पछि परेको अवस्थाबाट आफनो दोस्रो इनिङ शुरु गरेको थियो ।


बिहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा दोस्रो इनिङमा कास्की निलोले ७ विकेटको क्षतिमा १७६ रन बनाउँदै आफनो इनिङको समाप्तीको घोषणा गरेको थियो । कास्की निलोका लागि सोहेल कुँवरले ४४ रनको योगदान दिएका थिए । निरन्जन यादवले ३५ र किरण पौडेलले ३० रन बनाए ।

१७२ रनको लक्ष्य पछ्याएको कास्की रातोले ४ विकेटको क्षतिमा २५ ओभरमा १३८ रन बनाएपछि खेल बराबरीमा टुंगिएको थियो । कास्की रातोको लागि गोविन्द विकले पहिलो इनिङमा नटआउट शतकीय पारी खेलेका थिए ।

उनले दोस्रो इनिङमा समेत ६३ रनको महत्वपूर्ण नटआउट इनिङ खेले । उनको उत्कृष्ट व्याटिङमा दुईदिवसीय टेष्ट सिरिज बराबरीमा टुंगिएको हो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: