
पोखरा वृद्धाश्रमलाई एकता सहकारीको खाद्यान्न तथा फलफूल सहयोग
एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकका लागि खाद्यान्न तथा फलफूल सहयोग गरेको छ ।

सो सहकारीको १० औं स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा खाद्यान्न तथा फलफूल सहयोग गरिएको हो । कार्यक्रममा सहकारीका अध्यक्ष बालकृष्ण काउछामगरले “वृद्धाश्रममा एकता” अभियान अन्तर्गत सहकरीले आफ्नो स्थापना दिवसमा सहयोग गरेको बताउनुभयो ।
अध्यक्ष काउछामगरले सहकारीले मुनाफा मात्रै कमाउनेतिर भन्दा पनि दुःखी, गरिब र ज्येष्ठ नागरिकका लागि सहयोगी बन्ने प्रयास गर्दै आएको उल्लेख गर्नुभयो ।
पोखरा वृद्धाश्रमकी उपाध्यक्ष मनु खत्री, सहकारीका संस्थापक कोषाध्यक्ष झम्कनाथ पोखरेल र सहकारीका सचिव सुदर्शन पौडेलले सहकारीले सामाजिक कार्यमा समेत आफूलाई सक्रिय रुपमा सहभागी गराउँदै आएको बताउनुभयो । कार्यक्रममा सहकारीको सञ्चालक समितिका पदाधिकारी तथा शेयर सदस्यहरूको समेत सहभागिता रहेको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38