ताजा खबर

तमू ह्युल छोंज धींले टुडिखेलमा भव्य रुपमा तमू ल्होसार मनाउने

   ९ पुष २०७८, शुक्रबार १८:४१      822 views

तमू (गुरुङ) समुदायहरुको ठूलो चाढ तमू ल्होसार २०७८ कोरोना भाइरस (कोभिड १९) बाट बच्ने उपायसहित टुडिखेलमा भव्य मनाइने भएको छ ।

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्द्धारा गठित तमू ल्होसार मूल आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलतको आयोजना गरी तमू ल्होसार २०७८ को कार्यक्रम घोषणा गरेको हो ।

तमू ल्होसार मूल आयोजक समितिले जारी गरेको विज्ञप्तिअनुसार यस पटक पनि अघिल्ला वर्षहरुमा जस्तै शुभकामना आदान–प्रदान, लोक दोहोरी प्रतियोगिता, किताव समिक्षा एवं श्रष्ठा सम्मान, खेलकुद प्रतियोगिताको आयोजना गरिने भएको छ ।

घोषित कार्यक्रमअनुसार शनिबार (१० पुष) किताव समिक्षा एवं श्रष्ठा सम्मान कार्यक्रमको आयोजना हुने छ । यस्तै, आइतबार (११ पुष) तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले चियापान तथा शुभकामना आदान–प्रदानको कार्यक्रम आयोजना गर्ने छ भने बुधबारबाट खेलकुद र लोकदोहोरी प्रतियोगिता सुरु हुने छ ।

तमू ल्होसार २०७८ को अन्तिम दिन टुडिखेलमा भव्य समारोहको आयोजना हुने छ, जहाँ प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने छन् ।

कोरोना महामारीको प्रभाव केही कम देखिएपछि यो वर्ष टुडिखेलमा ल्होसार पर्व मनाउने तयारी गरिरहेको तमू ल्होसार मूल आयोजक समितिले सुरक्षाका उपायसहित मनाइने जनाएको छ । ‘कोरोना भाइरसको प्रभाव अझै कम भइसकेको छैन । भर्खरै पनि नयाँ भेरियन्ट देखिएको छ । तर, हामी हाम्रो ठूलो पर्व ल्होसार भव्य मनाइरहँदा कोरोना भाइरसबाट बच्ने उपायहरु एपनाउने छौं’, तमू ल्होसार मूल आयोजक समितिका अध्यक्ष श्रीप्रशाद गुरुङले भने, ‘हामी स्टेडलाई पनि नियमित रुपमा स्यानिटाइज गर्नै छौं । बाँकी स्टलहरुलाई पनि स्यानिटाइज गर्ने छौं । ल्होसार मनाउन टुडिखेल आउने सबैलाई मास्क अनिवार्य गर्नै छौं ।’

कार्यक्रममा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङले फरक धर्म र संस्कार मान्ने समुदायमाथि राज्यबाट भेदभावको व्यवहार हुने गरेको आरोप लगाउनुभयो । उनले तमू ल्होसारको दिन यसअघि दिइदै आएको सार्वजनिक विदा काटेको सरकारले यो वर्ष उक्त दिन परिक्षाको मिति तोकेर गुरुङ समुदायमाथि अन्यायपूर्ण व्यहार प्रदर्शन गरेको बताए ।

‘यसअघि हामीले पाउँदै आएको सार्वजनिक विदा काटिएको सन्दर्भमा हाम्रो आन्दोलन अझै जारी छ । यो वर्ष त सरकारले त्यही दिन परीक्षाको मिति तोकेर गुरुङ समुदायलाई अझ पेल्न खेलेको छ’, अध्यक्ष गुरुङले भने, ‘हामी सरकारको यो विभेदकारी व्यवहारको विरोध गर्दछौं । गुरुङ समुदायले तमू ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा पाउनै पर्छ ।’

गुरुङ समुदायले हरेक वर्ष पुष १५ मा टुडिखेलमा भव्य समारोहको आयोजना गरी आफ्नो ठूलो चाढ ल्होसार मनाउँदै आइरहेको छ । हरेक वर्ष पुष १५ मा ल्हो फेरिने अर्थात् नयाँ वर्ष सुरु हुने विश्वासका साथ गुरुङ समुदायले प्रकृति र आफ्नो पितृको पूजा गर्ने, ठूला बडाबाट आशिर्वाद लिने गर्दछन् ।

5 1 vote
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: