ताजा खबर

चैत २१ गते गुरुङ साहित्यिक मञ्चले पाँचौं स्थापना दिवस मनाउने

   १६ चैत्र २०७८, बुधबार ०८:४७      477 views

गुरुङ साहित्यिक मञ्च नेपालले यहि चैत २१ गते सोमबार विविध कार्यक्रमको आयोजना गरी आफनो पाँचौं स्थापना दिवस मनाउने भएको छ ।

मञ्चले आफ्नो स्थापना दिवसको दिन पोखरामा विभिन्न कार्यक्रमको स्थापना गरी मनाउने निर्णय गरेको हो ।


पोखराको लेकाली चुल्हो घरमा औपचारिक कार्यक्रमको आयोजना गरि दिवसको दिन विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको मञ्चका अध्यक्ष गौरी तमुले जानकारी दिनुभयो । उहाँका अनुसार चैत २१ गते सोमबार ३ चरणमा औपचारिक कार्यक्रम हुनेछ ।


विहान ११ बजे ‘गुरुङ चलचित्रको मौलिक आधारहरु’ शीर्षकमा पहिलो चरणको अन्तरक्रिया कार्यक्रमको आयोजना हुनेछ । यस सेसनमा कलाकार माओत्से गुरुङ, गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) का निवर्तमान अध्यक्ष भोजबहादुर गुरुङ र निर्माता तथा नायक वेदबहादुर गुरुङ (श्याम) रहनुहुनेछ । कार्यक्रममा कोषाध्यक्ष जसु गुरुङले सहजीकरणको भूमिका निर्वाह गर्नुहुनेछ ।


दोस्रो चरणमा पत्रकार एवम् गुरुङ साहित्य मञ्च नेपाल कार्यसमिति सदस्य आश गुरुङको सहजीकरणमा ‘गुरुङ साहित्य र पहिचान’ शीर्षकमा आख्यानकार तीर्थ गुरुङ, कवि चन्द्र गुरुङ र खेमा लिपिका अभियान्ता भीम गुरुङ रहनुहुनेछ । तेस्रो तथा अन्तिम चरणको मूल समारोह कार्यक्रम दिउँसो ३ बजे आयोजना गरिने आयोजकले जनाएको छ ।


कार्यक्रमलाई सफल बनाउन स्वागत व्यवस्थापनको लागि कोषाध्यक्ष जसु गुरुङको संयोजकत्वमा सहकोषाध्यक्ष सम्राट गुरुङ सदस्य रहने गरी उपसमिति निर्माण गरिएको छ । औपचारिक कार्यक्रममा गरिने सहित्य र चलचित्रसम्बन्धी अन्तरक्रियाको लागि शीर्षक छनौट समितिको संयोजकमा उपाध्यक्ष रोशन गुरुङ, सदस्य अमृत गुरुङ र सुजन गुरुङ सदस्य रहनुभएको छ ।


स्वागतसत्कारका लागि सचिव तुलबहादुर गुरुङको संयोजकत्वमा सदस्य तेजबहादुर गुरुङ रहने गरी उपसमिति निर्माण गरिएको गुरुङ छ ।

उपसमितिले चैत २१ गते हुने संस्थाको पाँचौं स्थापना दिवसको सबैखाले तयारी गर्नेछ । मूल समारोहमा ‘गौरी तमू लेखनवृत्ति पुरस्कार’ बाट गुरुङ समुदायको प्रतिनिधित्व गरेर साहित्य लेखनमा सक्रिय रहनु भएका स्रष्टा तीर्थ गुरुङलाई ३५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार सहित पुरस्कृत गरिने भएको छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: