ताजा खबर

प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको पदस्थापन कार्यक्रम सम्पन्न

   १९ चैत्र २०७८, शनिबार ०७:००      198 views

पत्रकारहरुको संस्था प्रेस चौतारीले हालै सम्मन्न गरेको गण्डकी प्रदेश कमिटी पदाधिकारीहरु तथा सदस्यहरुको पदस्थापन शुक्रबार गरेको छ ।

उक्त पदस्थापन कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेतको उपस्थिती रहेको थियो । गण्डकी प्रदेशका विभिन्न जिल्ला प्रतिनिधी लगायत नव निर्वाचित प्रदेश कमिटीका सदस्यहरुलाई शुभकामना तथा असल पत्रकारिताबारे जानाकारी दिने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको थियो ।

केही दिन अघि भएको प्रेस चौतारीको प्रदेश स्तरिय अधिवेशनबाट निर्वाचित भइ आएका प्रदेश कमिटी अध्यक्ष इन्द्र पौडेल लगायतको टिमलाई पदस्थापनपछि अघिल्लो कार्य समितिबाट माइनेट बुक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा हालै सञ्चारिका समूहकी सचिव बन्न सफल पोखरेली पत्रकार बसन्ती बास्तोलालाई सन्मान समेत गरिएको थियो ।


नेपाल कम्युनिष्ट पार्टि एमाले समर्थित पत्रकारको संस्था प्रेस चौतारीमा किन आवद्ध हुने भन्ने कुरा र आगामी चुनावमा किन र कसरी जाने भन्ने जस्ता समसामहिक कुराहरु कार्यक्रममा उपस्थित भएका एमाले पार्टी प्रतिनिधीहरुले प्रस्ठाएका थिए ।


पोखराका पुराना, नयाँ पत्रकारहरु तथा विभिन्न जिल्लाबाट आएका प्रतिनिधीहरुको उपस्थिती रहेको सो कार्यक्रममा प्रमुख अतिथी तथा अथितीलाई प्रदेश अध्यक्ष इन्द्र पौडेलले मायाको चिनो प्रदान गरेका थिए ।


हिजै पदस्थापनपछि समितिको पहिलो बैठक समेत पोखरामा सम्पन्न भएको छ । बैठकले संस्थाको आगामी कार्य योजना पारित गर्नुका साथै आउँदै गरेको स्थानिय तहको निर्वाचनमा चौतारी आबद्ध पत्रकारहरुलाई कसरी परिचालन गर्ने भन्ने बारे समेत वृहत रुपमा छलफल गरेको छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: