ताजा खबर

गुरुङ चलचित्रको मौलिक आधारहरु खोज्न चलचित्रकर्मीहरु बीच बहस

   २२ चैत्र २०७८, मंगलवार ०८:४२      635 views

नेपाली चलचित्र उद्योगपछि सबै भन्दा बढी फष्टाएको गुरुङ चलचित्र उद्योगमा अब मौलिकताको बहस शुरु भएको छ । चलचित्रकर्मीहरुले मौलिकता विनाको चलचित्रहरुले लामो बाटो तय गर्न नसक्ने भन्दै अब मौलिकताको आधारहरु खोज्न चलचित्रकर्मीहरु जागरुक हुनपर्ने बताएका थिए ।

गुरुङ साहित्यिक मञ्च नेपालले चैत २१ गते आफनो पाँचौ स्थापना दिवसको अवसर पारी आयोजना गरेको बहस कार्यक्रममा ‘गुरुङ चलचित्रको मौलिक आधार’ शीर्षक तय गरिएको थियो ।
उक्त बहसमा गुरुङ फिल्म एशोसियशन नेपाल (जिफान) का संस्थापक अध्यक्ष माओत्से गुरुङ, पुर्व अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) र निर्वतमान अध्यक्ष भोजबहादुर गुरुङ वक्ताको रुपमा रहनु भएको थियो भने कार्यक्रमको सहजीकरण चलचित्र निर्देशक एवम् गुरुङ साहित्यिक मञ्च नेपालका कोषाध्यक्ष जसु गुरुङले गर्नुभएको थियो ।


कार्यक्रममा वक्ताहरुले गुरुङ चलचित्रको मार्केट साँधुरो नरहेको भन्दै अब अन्तर्राष्ट्रिय बजारमा गुरुङ समुदायको मौलिकता व्यवसायिक रुपमा लैजानुपर्ने बताउनुभयो । अहिले जिफानले ७० प्रतिशत गुरुङ भाषा र शतप्रति गुरुङ प्राविधिकहरु भएको चलचित्रलाई गुरुङ मौलिक चलचित्रको परिधिभित्र राखेको र यस्तो चलचित्रहरु निमार्ण हुँदा जिफानले प्रोत्साहन स्वरुप संस्थागत रुपमा आर्थिक सहयोग समेत गर्दै आएको बताउनुभयो ।

मौलिकताहरु खोजिदा भाषा, स्थानिय लवज चाल चलन, भेषभुषा, सम्बन्धि अत्यन्तै ख्याल गरिनुपर्ने र सम्बन्धित जाति र समुदायको इतिहासलाई गहिरो रुपमा अध्ययन गर्नुपर्ने बताउनुभयो ।
हिजो हाम्रो पुर्खाहरुले हाम्रो भाषा संस्कृतिहरुलाई लिखितम नगर्दा अहिलेको पुस्ता धेरै अन्योलमा रहेको भन्दै अब ति अन्यौलताहरुलाई चिर्दै सहि बाटोमा अघि बढनु चलचित्रकर्मीको मात्रै नभई सबैको दायित्व रहेको वक्ताहरुको भनाई रहेको थियो ।

चलचित्रकर्मीहरु पनि सृजनशील पेशामै रहेको भन्दै यस्ता रचनात्मक स्रष्टाहरुको संरक्षण राज्य र समुदायले पनि गर्नुपर्ने बताउनु भयो । कोरोनाको समयमा पनि जिफानले कलाकारलाई दाल चामल बाँड्नु भन्दा पनि लघु चलचित्रहरु निर्माण गर्न बजेटको व्यवस्था गरेर काम दिएको र यसले चलचित्रकर्मी र समुदायलाई प्रत्यक्षरुपमा फाइदा पुगेको बताउनुभयो ।


कार्यक्रममा सहभागि माया गुरुङले गुरुङ चलचित्रले मौलिकता खोज्ने कि व्यवसायिकता रोज्ने भनेर प्रश्न गरेका थिए भने युनिश गुरुङले जिफानले प्राविधिकहरुको हकमा सिन्डिकेट नै लगाएको भन्दै चलचित्रको प्राविधिक पाटो सशक्त बनाउन बलिउडको प्राविधिकहरु मागाउनुपर्ने स्थिती आए पनि पछि हटन नहुने बताउनुभयो ।

जवाफमा वक्ताहरुले आवश्यक परेमा संस्थाको विधानहरु परिमार्जित गर्दै अघि बढ्न सकिने बताएका थिए भने चलचित्रमा मौलिकता र व्यवसायिकतालाई छुटाछुटै रुपमा बुझन नहुने धारणा राखेका थिए । कार्यक्रमको अध्यक्षता डा.गणेश गुरुङले गर्नुभएको थियो ।

0 0 votes
Article Rating

आजको खबर

पोखरासंविधान दिवसको सन्दर्भमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले बुधबार “संचारकर्मीसंग नेकपा (एमाले) “कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पार्टी सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: