
पोखरामा गुरुङ साहित्यको पहिचान विषयक बहस कार्यक्रम सम्पन्न
गुरुङ साहित्यिक मञ्च नेपालको पाँचौ स्थापना दिवसमा ‘गुरुङ साहित्यको पहिचान’ विषयक बहस कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका वक्ताहरुले गुरुङ लेखकहरुद्धारा लेखिने साहित्यमा पहिचान भएन भने त्यो पूर्ण नहुने बताउनुभयो ।
कार्यक्रममा आख्यानकार तीर्थ गुरुङ, कवि चन्द्र गुरुङ र खेमा लिपिका अभियान्त भीमप्रसाद गुरुङले भाषामा र संस्कारमा पहिचान खोजिए जस्तै लेखनमा पनि अब पहिचान खोजिनुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण पत्रकार आश गुरुङले गर्नुभएको थियो ।
बहसमा वक्ता भीमप्रसाद गुरुङले लिपि विना गुरुङ भाषा र साहित्यको दीर्घकालीन संरक्षण हुन नसक्ने भन्दै अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाईसकेको खेमा लिपिलाई अब सबै तमूहरुले सिकेर अघि बढनुपर्ने बताउनुभयो ।

यस्तै कवि चन्द्र गुरुङले गुरुङ साहित्यमा लागेका लेखकहरुको भविष्य राम्रो रहेको भन्दै गुरुङ समुदायको मौलिकता र पहिचानलाई मुलधारको साहित्यमा लान सके केहि समयपछि गुरुङ साहित्य नै विश्व साहित्य बन्ने बताउनुभयो ।
अर्काे वक्ता तीर्थ गुरुङले चार पाँच हजार वर्ष पहिले गुरुङ समुदायमा घटेको साँचो घटनाहरु अहिले आएर मिथको रुपमा ग्रहण गर्न थालिएको भन्दै गुरुङ समुदायका यस्ता अनेकन मिथहरुलाई लेखन सकियो भने विश्व बजारमा हाम्रो साहित्यहरु खोजी खोजी पढ्ने दिन आउने बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने तमूले गुरुङ गर्नुभएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38