ताजा खबर

बुधबारबाट पोखरामा फेवा नव वर्ष महोत्सव शुरु हुँदै

   २९ चैत्र २०७८, मंगलवार १९:५३      118 views

निशुल्क प्रवेश सहित खुल्ला सडकमा बुधबारबाट पोखराको लेकसाइडमा आयोजना हुने १७औं फेवा नव वर्ष महोत्सव २०७९ को सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजक होटल संघ पोखरा नेपालले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवमा सहभागी भई नयाँ बर्षलाई स्वागत गर्न अव्हान गरेको छ । दुई दिने महोत्सव वैशाख १ गते सम्म चल्ने छ ।

नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने मुख्य उद्धेश्य सहित पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर महोत्सव संचालन गर्न लागिएको महोत्सव संयोजक एवं आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । स्थानीय फिस्टेल गेटदेखि हल्लनचोक विचको तीन किलोमिटर लामो सडकमा यो महोत्सव संचालन हुने छ ।

आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन गर्दै कोभिड– १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्ने उद्धेश्य पनि महोत्सवले लिएको छ । कोभिडकै कारण लगातार दुई बर्ष स्थगित महोत्सवालाई पुनः निरन्तरता दिन लागिएको हो ।

नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ बर्र्ष पनि उत्तिकै उल्लासका साथ मनाउन यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय पनि महोत्सवले लिएको छ । महोत्सवमा गीत संगीत अन्तर्गत चैत ३० गते ख्यातीप्रापत कलाकारहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, प्रिती आले, शिबहरि ढुंगाना, सुरेन्द्र गुरुङ, सरला पाण्डे, गंगा पौडेल र सुमिना क्षत्रीको प्रस्तुती रहने छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष सुवेदीले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन विस्तारै बढ्न थालेको जानकारी दिए ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: