
कास्कीको रुपा गाउँपालिकामा नेकपा एमालेको चुनावी अभियान शुरु
यही वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि पार्टीले उमेदवार तय गरी सकेका ठाउँमा उम्मेदवारहरुले चुनाव प्रचार प्रसारको अभियानलाई तिव्र पारेका छन् ।

यसैबीच कास्कीको पुर्वी भेगको रुपा गाउँपालिकामा नेकपा एमालेले अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुब्वालाई दोहो¥याउने निर्णय गरेसँगै पालिकाको केही वडामा पनि सर्वसम्वत रुपमा वडा अध्यक्ष सहित सदस्य पदका उम्मेदवार चयन गरिसकेका ठाउँमा घरदैला अभियान सञ्चालन गरिएको छ ।
रुपा गाउँपालिकामा रहेका सात वटा वडाहरु मध्यको रुपा २ मा चुनावी प्रचार प्रसारको अभियान तिव्रताका साथ अगाडी बढाईएको वडा अध्यक्ष पदका उम्मेदवार राजन सुवेदीले जानकारी दिएका छन् ।

कुल एक हजार दुई सय ३८ मतदाता रहेको रुपा गाउँपालिका वडा नं २ का लागि नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा राजन सुवेदी र सदस्यहरुमा अनिता राना, रामबाबु सुवेदी, हिता रुपाखेती र रामचन्द्र ओझालाई सर्वसम्वत रुपमा चयन गरेको छ ।
चुनावी प्रचार प्रसारकै अभियान अन्तरगत मङगलबार रुपा २ को थुम्की र सिर्कुतान क्षेत्रमा उम्मेदवार सहित नेकपा एमाले रुपा २ का अध्यक्ष धनपति ओझा, जनप्रतिनिधी बद्रिनाथ ओझा र सामाजिक अभियान्ता कमल कृष्ण ओझा लगाएतको टिमले घर दैलो सहित प्रचार प्रसारलाई तिव्र पारेको छ ।

रुपा २ मा यस भन्दा अगाडी वडा अध्यक्षमा काँग्रेस र सदस्यहरुमा नेकपा एमालेले जितेको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38