
मादीमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि सहित २५ जना एमाले प्रवेश
कास्कीको मादी गाउँपालिकाकी एकजना बहालवाला जनप्रतिनिधि नेकपा एमाले प्रवेश गरेकी छन् ।

नेपाली काँग्रेसबाट निर्वाचित मादी ११ कि दलित महिला सदस्य दुर्गा सुचिकार मंगलबार नेकपा एमाले प्रवेश गरेकी हुन् । कांग्रेस र माओवादी त्यागेर सदस्य सुचिकारको नेतृत्वमा मादीका २५ जना स्थानीय पनि मंगलबार एमाले प्रवेश गरेका छन् ।
उनीहरुलाई नेकपा एमालेबाट मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र), उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङलगायतले एमालेमा स्वागत गरेका थिए । सुचिकार २०७४ सालको निर्वाचनमा २ सय ३१ मत ल्याएर दलित महिला सदस्य निर्वाचित भएकी थिइन् ।
उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी हरिदेवी विकले २ सय ९ मत र नेकपा एमालेकी निरा कामीले २ सय ७ मत ल्याएकी थिइन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38