
लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा वेदबहादुर गुरुङ
नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । पोखरामा बुधवार बेलुका सम्पन्न सम्मेलनले वेदबहादुर गुरुङ (श्याम) अध्यक्ष र हुमबहादुर गुरुङ महासचिव रहेको १०१ सदस्यीय सर्वसम्मत केन्द्रिय समिति गठन गर्दै सम्पन्न भएको हो ।

समितिको ७ उपाध्यक्षहरुमा बागमती प्रदेशबाट ओमकुमार गुरुङ, प्रदेश नं.१ र मधेश प्रदेशबाट चक्रबहादुर गुरुङ, गण्डकी प्रदेशबाट हुमबहादुर गुरुङ (स्याङ्जा), लुम्बिनी–कर्णाली–सुदुरपश्चिम प्रदेशबाट प्रेमबहादुर गुरुङ, गमबहादुर गुरुङ (प्रवास, बेल्जियम), महिला उपाध्यक्षहरुमा गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङ (कास्की) र शर्मिला गुरुङ (मुस्ताङ) निर्वाचित हुनुभएको छ ।
यसरी नै समितिको सचिवहरुमा सुरेन्द्र गुरुङ (कास्की), ओमबहादुर गुरुङ (स्याङ्जा), सुर्यप्रसाद गुरुङ (लमजुङं), सुर्यबहादुर गुरुङ (तनहुँ), खगेन्द्र मेघी गुरुङ (बाग्मती), सिताराम गुरुङ (प्रदेश नं. १ र मधेश प्रदेश) र सहसचिवमा शम्भु गुरुङ (बागमती), कोषाध्यक्षमा बैनबहादुर गुरुङ (कास्की), सहकोषाध्यक्षमा देवकुमारी गुरुङ (बागमती) चयन हुनुभएको छ ।
यस्तै गरी लेखा आयोगको अध्यक्षमा कास्कीका बिष्णुकुमार गुरुङ, अनुशासन आयोगको अध्यक्षमा बाराका भरतबहादुर घले गुरुङ सर्वसम्मत हुनुभएको छ ।
यसरी नै सदस्यहरुमा प्रवासबाट विजयकुमार गुरुङ (पुर्वी एशिया, हङकङ), बिनय गुरुङ (पुर्वी एशिया, जापान), कृष्ण गुरुङ (अमेरिकी, पश्चिम अमेरिका), शिवजंङ गुरुङ (मध्यपुर्व, युएई), रामचन्द्र गुरुङ (यूरोप, यूके), मुक्त गुरुङ (यूरोप, स्पेन) र निलम (अमेरिकी पुर्वी अमेरिका) रहनुभएको छ ।

यस्तैगरी सदस्यहरुमा स्याङ्जाका धर्म गुरुङ, रुपसिंह गुरुङ, लोकबहादुर गुरुङ, ध्रुव गुरुङ, कास्कीबाट रामु गुरुङ, लिलाबहादुर गुरुङ, सगुन गुरुङ, काशीमाया गुरुङ, चन्द्रबहादुर गुरुङ, बालकुमारी गुरुङ, चेतबहादुर गुरुङ, समबहादुर गुरुङ, लालसुब्बा गुरुङ, महेन्द्र गुरुङ, हरिमाया गुरुङ, चन्द्रबहादुर गुरुङ, एकजंग गुरुङ, सुु.मे.जसबहादुर गुरुङ (भुपू सैनिक), सु.मे.नौबहादुर गुरुङ (भुपू सैनिक)
पर्वतबाट किरन गुरुङ, नरबहादुर गुरुङ, महेन्द्र गुरुङ, तनहुँबाट टकमान गुरुङ, रुपा गुरुङ, रनबहादुर गुरुङ, भिमबहादुर गुरुङ, लमजुङबाट कृष्ण गुरुङ, टसबहादुर गुरुङ, सुचना गुरुङ, लालकुमारी गुरुङ, सुर्यबहादुर गुरुङ, गमबहादुर गुरुङ (गजेन्द्र), सन्तोष गुरुङ, विरेन्द्र गुरुङ, गोर्खाबाट आसबहादुर गुरुङ, म्याग्दीबाट तेजबहादुर गुरुङ, नवलपुरबाट आशिफ गुरुङ
(सञ्चारकर्मी), नवलपरासीबाट विष्णु गुरुङ, धादिङबाट गोपाल गुरुङ, सारदादेवी गुरुङ (रसुवा), रामबहादुर गुरुङ (ओखलढुंगा), चितवनबाट देउबहादुर गुरुङ, चित्रबहादुर गुरुङ (संचारकर्मी), सन्तोष गुरुङ (रसुवा), विनामाया गुरुङ (बारा), सविता गुरुङ (सिन्धुपाल्चोक), पानबहादुर ध्रुव गुरुङ (सिन्धुपाल्चोक), ईश्वर गुरुङ (नुवाकोट), दिपक गुरुङ (भक्तपुर), चन्द्रबहादुर गुरुङ (दाङ), आशाराम गुरुङ (रोल्पा), विन्द्रबहादुर गुरुङ (कपिलबस्तु), दलबहादुर गुरुङ (धादिङ) निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक शिवकुमार गुरुङले जानकारी दिनुभयो ।
नवनिर्वाचित समितिलाई नेकपा(एमाले)का स्थायी समिति सदस्य, नेपाल लोकतान्त्रिक तमु संघका संस्थापक अध्यक्ष एवम अध्यक्ष मण्डलका अध्यक्ष किरण गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुका साथै अबिर र खादाबाट बधाई ज्ञापन गर्नुभएको थियो ।

यसअघि बन्दसत्रमा सम्मेलन आयोजक समितिका संयोजक वेदबहादुर गुरुङ (श्याम) र महासचिव हुमबहादुर गुरुङले प्रस्तुत गर्नुभएको संशोधित विधान परिमार्जन सहित पारित गरिएको थियो ।
आयोजक समितिका संयोजक वेदबहादुर गुरुङ (श्याम)को अध्यक्षतामा भएको बन्दसत्रका प्रमुख अतिथि नेकपा एमालेका महासचिव पृथ्वी सुब्बा गुरुङले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुहुदै तमुहरु राजनीतिको मुलधारमा जुट्नुपर्नेमा जोड दिनुभयो ।
राजनीति नै देश, जनता र समुदायको हितका लागि गरिने भएकाले तमुहरु राजनीति नेतृत्वमा आउनुपर्ने बताउनुभएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38