
गुरुङ साहित्यिक मञ्चको छैठौं वार्षिक साधारणसभा सम्पन्न
गुरुङ साहित्यिक मञ्च नेपालको छैठौं वार्षिक साधारणसभा मङगलबार पोखरामा सम्पन्न भएको छ । साधारणसभाको तमू प्ये ल्हु संघ केन्द्रिय महिला समितिकी अध्यक्ष पुष्पा तेल्मै तमूस्योले उदघाटन गर्नुभयो ।

सो अवसरमा बोल्नुहँदै उहाँले गुरुङ साहित्यिक मञ्चले गुरुङ समुदायमा पछि परेको साहित्यिक गतिविधिलाई माथि उठाएर सबैलाई पठन लेखनमा झकझक्याएको बताउनुभयो ।
कार्यक्रममा तमू धी नेपालका अध्यक्ष हुमबहादुर गुरुङले सामाजिक संस्थाले मात्रै सबै क्षेत्रमा काम गर्न नसक्ने भएको हुँदा विभिन्न उद्देश्य राखेर खोलिएको तमू संघ संस्थाले आफनो लक्ष्य अनुसारको काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा मञ्चका आजीवन सदस्य राज गुरुङको मुक्तक संग्रह अक्षकरका डोबहरु को पनि विमोचन गरिएको थियो । पुस्तक माथि मञ्चका कार्य समिति सदस्य एवम मुक्तककार तेजबहादुर च्हाक्ली तमूले समिक्षा गर्नु भएको थियो ।

साधारणसभाले मञ्चकी महासचिव रोशनी गुरुङद्धारा प्रस्तुत साँगठनिक प्रतिवेदन र कोषाध्यक्ष जसु गुरुङद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको छ । साधारणसभा मञ्चकी अध्यक्ष गौरी तमूको अध्यक्षतामा सम्पन्न भएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38