
सेन्चुरी ल्होसार मेला सकियो पुरुष भलिबलमा न्यू डाँफे युवा क्लब र महिलातर्फ न्यू डायमण्ड एकेडेमी वजयी
सेन्चुरी युवा क्लब छोम्रोङद्धारा आयोजित ल्होसार मेला २०७५ मंगलवार सकिएको छ । पुस ५ बाट सुरु भएको मेला १० गते समापन भएको होे । मेला समापन समारोहमा प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले वर्तमान सरकार खेलकुद क्षेत्रको बिकासका लागि योजनाबद्ध रुपमा अघि बढेको बताउदै घान्दुकमा हाई अल्चिच्यूड स्टेडियम बनाउन लागि परेको जानकारी गराए ।

खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्धनमा मदत पुग्ने बताउदै मन्त्री बिकले अन्नपूर्ण आधार शिविरको पदयात्रा मार्गलाई व्यवस्थित गरी यस क्षेत्रको पूर्वाधार निर्माणमा विशेष पहल भईरहेको बताए । सो अवसरमा मन्त्री बिकले छोम्रोङमा लङ टेनिस कोर्टको शिलान्यास समेत गरेका थिए ।अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवरले बाह्रै महिना स्वदेशी तथा विदेशी पर्यटक भित्राउन उचित कदम चालिएकोे बताए । उनले सेन्चुरी पदयात्रा मार्गको मर्मत संभार र स्तरोन्नती गर्ने कार्य गाउँपालिकाले गरिरहेको पनि उक्त अवसरमा जानकारी गराए । ‘गाउँपालिकाका स्थानीयको मुख्य आम्दानीको स्रोत पर्यटन नै हो,’ उनले भने, ‘पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसारसँगै पूर्वाधार विकासमा हाम्रो जोड रहेको छ ।’ उनले गाउँपालिकामा सार्वजनिक जमिनमा रहेका होटलको सुरक्षाको जिम्मा गाउँपालिकाले लिने समेत बताए ।

मेलाको अवसरमा खुला पुरुष तथा महिला भलिबल र पुरुष बास्केटबल प्रतियोगिता सम्पन्न भएका छन । खुला पुरुष भलिबल प्रतियोगितातर्फ न्यू डाँफे युवा क्लब मेलाचे विजयी भएको छ । महिलातर्फ भने न्यू डायमण्ड एकेडेमी काडमाण्डौं पहिलो भएको छ । मंगलवार भएको फाइनल खेलमा खुला पुरुष भलिवलतर्फ न्यू डाँफेले ताउलुङ झिनु आमा समुहलार्ई ३–१ को प्रतिस्पर्धात्मक सेटमा हराएको हो । न्यू डाँफेले २५–१६, २५–१९, २५–१८, १६–२५ कोे सेटमा ताउलुङलाई पाखा लगायो । पुरुष भलिबलमा न्यू डाँफका अशोक सुनुवार उत्कृष्ट खेलाडी घोषित भए । विजेताले ६० हजार रुपैया र उपविजेताले ४० हजार रुपैया प्राप्त गरेका छन । महिला भलिबलतर्फ न्यु डायमन्ड एकेडेमी काठमाडौंले सेञ्चुरी युवा क्लब छोम्रोङलाई २५–१६, २५–१५ र २५–१४ को सोझो सेटले हरायो । महिला भलिबलमा सेञ्चुरी युवा क्लबकी ममता थापा उत्कृष्ट खेलाडी भइन । विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैया प्राप्त गरे ।

खुला बास्केटबल प्रतियोगितामा मेश्रम युथ क्लब घान्द्रुक विजयी भएको छ । मेश्रमले स्पोर्ट एजुकेशनल क्लब काठमाण्डौलाई पराजित गरेको हो । निर्धारित समयमा मेश्रमले ४७ स्कोर जोड्दा स्पोर्ट एजुकेशनलले ४३ मात्रै बनाउन सक्यो । प्रतियोगितामा मेश्रमका खुन्केन ठिंग उत्कृष्ट खेलाडी घोषित भए भने हाई स्कोरमा स्पोर्ट एजुकेशनलका प्रशांग मास्के घोषित भएका थिए । उनले १९ पोईन्ट ल्याएका थिए । बास्केटबलको विजेताले ६० हजार र उपविजेताले ४० हजार रुपैया प्राप्त गरे ।

त्यसै गरि भेट्रान तर्फ न्यू डाँफे युवा क्लब मेलाचेले प्रथम स्थान हासिल गरेको थियो भने सेञ्चुरी युवा क्लबको टीमले द्धित्तिय स्थान हासिल गरेको थियो । बिजयी टिमहरुलाई मन्त्री जगत विश्वकर्मा, गाउँपालिका प्रमुख युवराज कुँवर, वढा नं ११ का बडाध्यक्ष हिमबहादुर गुरुङ, छोम्रोङ्ग पर्यटन ब्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान गुरुङ, क्लब अध्यक्ष मिकास गुरुङ लगाएतले पुरस्कार बितरण गरेका थिए । मेलाको मुख्य प्रायोजकमा अर्ना बियर, सह प्रायोजकमा कुमारी बैक, बिशेष सहयोगिमा अन्नपुर्ण गाँउपालिका कास्की, वडा नं ११ छोम्रोङ, छोम्रोङ्ग पर्यटन ब्यवस्थापन समिति लगाएतका रहेका थिए ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38