
भूपी काव्य पुरस्कारबाट कवि तीर्थ सम्मानित
८३ औं भूपी जयन्तीको अवसरमा कवि तीर्थ श्रेष्ठ सम्मानित भएका छन् । भूपी जयन्तीमा उनका परिवारजनद्वारा स्थापित भूपी काव्य पुरस्कारबाट मंगलबार कवि तीर्थ सम्मानित भएका हुन् ।
गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ५० हजार रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित कवि तीर्थलाई काव्य पुरस्कार अर्पण गरे । नेपाली साहित्यको क्षेत्रमा विशेषत कविताको माध्यमबाट महत्वपूर्ण योगदान पु¥याएकोमा कवि श्रेष्ठलाई सम्मान गरिएको हो ।

नेपालका एक होनाहार कविको नाममा स्थापित पुरस्कार अर्का मानक कविलाई सम्मान गर्न पाउँदा खुसी लागेको प्रदेश प्रमुख कुँवरले बताए । ‘भूपी नेपाली साहित्यका शक्तिशाली हुन् । उनका कवितामाजस्तो शक्ति अन्य कवितामा विरलै पाइन्छ,’ प्रमुख कुवँरले भने, ‘बहुआयामिक प्रतिभाका धनी तीर्थलाई यो सम्मानले प्रदान गर्नु पुरस्कार आफैं पुरस्कृत भएको छ ।’
यस्ता प्रतिभाशाली व्यक्तिलाई पाउनु यो प्रदेशको अर्को परिचय भएको उनको भनाइ थियो । सम्मान थापेपछि कवि तीर्थले भूपीसँगका स्मृति सम्झिए । कवि तीर्थले भूपीका विभिन्न किस्सा सुनाउँदै सधैं बाँचिरहने कविका रुपमा उनलाई सम्झिए । भूपीका कविताको शक्तिले नेपाली साहित्य सिञ्चित भएको बताउँदै कवि तीर्थले भने, ‘सानै उमेरमा आमा गुमाएरका भूपीले समाजका विभिन्न आयामलाई कवितामार्फत चुमेका छन् ।’ २०१६ सालमा पोखरामा जन्मेर लामो समयदेखि नेपाली साहित्यको क्षेत्रमा क्रियाशील श्रेष्ठले भूपी शेरचनसँग संगत पनि गरेका थिए ।
वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल वात्स्यायनले कवि भूपीको सम्झानासँगै कवि तीर्थले नेपाली कवितामा एउटा बिस्फोट गराएको बताए । समाजका हरेक क्षेत्रमा क्रियाशील रहेर पनि कवि तीर्थले कविताको उचाईं कसरी चुम्छन् भन्ने जिज्ञासा आफूमा उब्जिने गरेको वात्स्यायनको भनाइ थियो ।
कवि ईश्वरमणि अधिकारीले तीर्थ श्रेष्ठलाई निरन्तरता, प्राज्ञिकता र सक्रियाको विम्वको रुपमा प्रस्तुत गरे । सम्मानित कवि तीर्थको परिचय राख्दै अधिकारीले दर्जनौं पुरस्कार, सम्मान र पदक थापिसकेका श्रेष्ठ बढी सिर्जनशीलामा विश्वास गर्ने कवि भएको बताए । थकाली सेवा समितिले प्रत्येक २ वर्षमा भूपी जयन्तीका अवसरमा यो काव्य पुरस्कार अर्पण गर्दै आएको छ । समितिका अध्यक्ष शिवशंकर गौचनले नेपाली साहित्यका महान कविको जन्म जयन्तीमा अर्का प्रतिभाशाली कविलाई पुरस्कार अर्पण गर्न पाउँदा आयोजक गौरवान्वित भएको बताए । गौचनको अध्यक्षतामा भएको पुरस्कार अर्पण समारोहमा थकाली सेवा समितिका सचिव इन्जिनियर रुजिन्द्र तुलाचनले स्वागत गर्दै भूपीका कविता र उनको जीवनबारे बोले ।
थकाली सेवा समिति अध्यक्ष शिवशंकरको संयोकत्वमा कार्टुनिस्ट दुर्गा बराल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्त, समितिका सचिव रुजिन्द्र र पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष प्रकाश ज्ञवाली सदस्य रहेको प्रतिभा छनोट समितिले श्रेष्ठलाई यसपालिको पुरस्कार अर्पण गर्ने निर्णय गरेको थियो ।
भूपी जयन्तीको अवसरमा भएको पुरस्कार अर्पण समारोहमा भूपीका ५ कविता र उनको गीतसमेत प्रस्तुत भयो । कवि प्रकाश घिमिरे, रीता अधिकारी, सुरेश रानाभाट, प्रकाश ज्ञवाली र बालिका अभिलासीले भूपीका कविता सुनाएका थिए । गायक विनोद कवियाले भूपीको गीतमार्फत उनलाई सम्झिए भने सम्मानित कवि तीर्थको गीत पनि प्रस्तुत गरे । भूपी पत्नी ओमकुमारीले पनि भूपीको सम्झना गरिन् । कवि तीर्थका तीर्थ श्रेष्ठका कविताहरु, जिन्दगीको कुरुक्षेत्रबाट महाभारतका गीतहरु मुक्तक संग्रह र मेरै हिमालजस्तो गीत संग्रह प्रकाशित छन् । कवि श्रेष्ठले राष्ट्रिय प्रतिभा पुरस्कार, मोति वर्ष युवा पुरस्कार, वासुशशि स्मृति पुरस्कार, शिरोमणि पुरस्कार, प्रवल जनसेवा श्री पदक लगायत दर्जनौं पुरस्कार तथा सम्मान पाइसकेका छन् । सुरुमा १० हजार रुपैयाँ रहेको पुरस्कार राशिलाई ५० हजार रुपैयाँ पु¥याएर राष्ट्रियस्तरको बनाइएको छ । भूपी काव्य स्मृति पुरस्कारबाट कवि सरस्वती प्रतीक्षा र मोमिला सम्मानित भएका थिए भने भूपी काव्य पुरस्कारबाट यसअघि गीतकार रत्नशमशेर थापा सम्मानित भएका थिए ।
आजको खबर
Follow Us

तमु प्ये ल्हु संघ कतारको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः चन्द्र ल्हेगे तमु निर्वाचित
७ आश्विन २०८०, आईतवार १५:३०
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38