ताजा खबर

विष्णु तिमिल्सिना स्मृति सेभेन ए साइड फुटबलमा पाँच खेल

   १२ पुष २०७५, बिहीबार १९:५०      2,289 views

विष्णुपादुका क्लब हेमजाको आयोजनामा सञ्चालन भएको दोस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगितामा शुक्रबार क्वाटर फाइनलका खेल हुने भएको छ ।बिहीबार भएको खेलमा एकता एफसी लालिगुँरास, माटेपानी,विटी एफसी, तारा एफसी र एलजी एसोसियसन क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएको पहिलो खेलमा एकता एफसी लालिगँुरासले संगम एफसीलाई १–० ले पराजित ग¥यो ।खेलमा एकता एफसीका विकास वानियाको गोल नै निर्णायक वन्यो ।यता माटेपानी भने क्वाटर फाइनलमा प्रवेश गर्न ट्राइवेकर नै कुर्नु प¥यो । आयोजक विष्णु पादुका क्लब पहेलोसँगको खेलमा गोल हुन नसकेपछि ट्राइवेकरको सहारा लिनु परेको हो । माटेपानीले विष्णु पादुकालाई क्लबलाई ट्राइवेकरमा ३–२ ले पराजित ग¥यो । विष्णु पादुका क्लबका सविन कुँवरले हानेको बल माटेपानीका गोलरक्षकले रोकेपछि विष्णुु पादुका क्लबको क्वाटर फाइनलको यात्रा टुंगिएको हो ।

माटेपानीको तर्फबाट अर्जुन गुरुङ, मिलन गुरुङ र सचित गुरुङले गोल गरे भने विष्णु पादुकाको तर्फबाट अशोक गुरुङ र स्वागत थापाले गोल गरे ।

प्रतियोगिताको तेस्रो खेलमा विटी एफसीले श्रृंखला एफसी भलामलाई ४–० ले पराजित ग¥यो । खेलमा सुदिप पाठकले दुई, र जिम्बी गुरुङ तथा संगम दर्जीले समान एक÷एक गोल गरे ।यता तारा एफसीले रेष्टुरेसन एफसीलाई २–० ले पराजित ग¥यो । जसमा तारा एफसीका विनोद गुरुङ र गोविन थापाले एक÷एक गोल गरे ।बिहीबार भएको अन्तिम प्रतियोगितामा एलजी एसोसियनसले सेभन टु ऐटलार्ई २–० ले पराजित ग¥यो । खेलमा एलजीका सिङ्कमान तामा·ले दुई गोल गरे ।

शुक्रबार पहिलो क्वाटर फाइनल खेल एकता एफसी लालिगुराँस र माटेपानी, दोस्रो खेल विटी एफसी र दिव्यदृष्टि वि, तेस्रो खेल तारा एफसी र भदौरे एफसी र अन्तिम क्वाटर फाइनल खेल एलजी एसोसियसन र वि–१३ वाझाँपाटनबीच खेल हुने विष्णु पादुका क्लबका उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए ।विष्णु पादुका फुटबल एकेडेमीको सहयोगार्थमा भएको उक्त प्रतियोगिता विष्णु पादुका खेल मैदान पोखरा–२५ हेमजामा सञ्चालन भएको छ । प्रतियोगिता पुस १४ गते सम्म चल्ने छ ।‘मैत्रीभाव तथा स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल उद्घोषका साथ युवाहरुलाई रचनात्मक कार्यमा संलग्न गराउँदै राष्ट्रको खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।प्रतियोगितामा प्रथम टिमलाई १ लाख ११ हजार १ सय ११ ट्रफी, मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमलाई ५५ हजार ५ सय ५५ ट्रफी मेडल र प्रमाण पत्र रहेको छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: