
राजु जोडी १६ औं माछापुच्छ्रे भेट्रान्स टेनिसको सेमिफाइनलमा
पोखरेली भेट्रान्स राजु गुरुङ्ग र राजु श्रेष्ठको जोडी पोखरा रंगशालामा जारी १६ औं माछापुच्छ्रे बैंक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । राजु जोडीले बिहिबार टिम मण्डिकाटारका बलिया प्रतिस्पर्धी राजेन्द्रसिंह भण्डारी र करिमुल्ला मुस्लिमको जोडीमाथि ७–५, ५–७ र सुपरटाईमा १०–६ को कठिन नजिता निकाल्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।

कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्तर्गत बिहिबारनै भएको सोही उमेर समुहका अन्य खेलहरुमा जबमु शेर्पा र नरेन्द्र सिंहको जोडीले छ्याम्बा ढुन्डुप र ड्युनम लामाको जोडीलाई ६–१, ६–३ ले पराजित गरे ।५५ वर्ष माथिको एकलतर्फ प्रदिप शाहले करिमुल्ला मुस्लिमलाई ६–०, ६–२ ले, अनिल तुलाचनले नरेन्द्र सिंहलाई ६–३, ६–० ले, राजकुमार गुरुङ्गले छ्याम्बा ढुण्डुपलाई ६–३, ६–२ ले तथा समिर शेरचनले विष्णु प्रसाद गैहे्रलाई ७–५, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे ।३५ वर्ष माथिको एकलमा छेवाङ लामाले गोपीबहादुर भट्टराईलाई ६–०, ६–१ ले, महेश श्रेष्ठले निरज थापालाई ६–४, ६–० ले, राजु श्रेष्ठले नविन श्रेष्ठलाई ६–०, ६–२ ले पराजित गरेका छन् ।३५ वर्ष माथिकै डबल्समा कमल भण्डारी र सिमान्त गुरुङ्गको जोडीले राजु श्रेष्ठ र छेवाङ लामाको जोडीलाई ६–०, ६–३ ले, महेश श्रेष्ठ र राजु क्षेत्रीको जोडीले गोपीबहाबदु भट्टराई र शरण गुरुङ्गको जोडीलाई ६–२,७–५ ले पराजित गरे । ६५ वर्ष माथिको एकलमा मेजर लक्ष्मीप्रसाद गुरुङ्गले क्षेतन नोर्केलमाथि २–४, ४–२ र सुपरटाईमा १२–१० को संघर्षपूर्ण जित निकाले । प्रतियोगिता अन्तर्गत शुक्रबार सेमिफाइनलका खेलहरु हुने प्रतियोगिता संयोजक कुमार अधिकारीले जानकारी दिए ।
आजको खबर

पोखरासंविधान दिवसको सन्दर्भमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले बुधबार “संचारकर्मीसंग नेकपा (एमाले) “कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पार्टी सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले…
अझै पढ्नुहोस्Follow Us

एमाले गण्डकीको संचारकर्मीसंग नेकपा (एमाले) कार्यक्रम सम्पन्न
४ आश्विन २०८०, बिहीबार १२:३६
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38