ताजा खबर

स्रस्ट्रा गौरी तमू र उहाँको समैँ र्दबानीको समालोचना

   १२ पुष २०७५, बिहीबार २१:३३      2,898 views

केयरसिंह गुरुङ

गौरी तमू विगत एक दशकदेखि साहित्य र विविध साहित्यिक गतिविधिहरुमा सक्रिय हुँदै आएका युवा महिला साहित्यकार हुन् । यिनको जन्म वि.स. २०३९ भदौ महिनाको २८ गते नवलपरासी जिल्लाको गैँडाकोटमा बुवा टेक बहादुर र आमा छलिमाया गुरुङको माहिली छोरी हुन् । यिनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयका स्नात्तकोत्तर तह (नेपाली साहित्य) र एल.एल.वि. (कानुन) औपचारिक शिक्षा मार्फत पनि विविध विषयको अध्ययन पूरा गरेकी छन ।

वि.स. २०५७ सालदेखि नै नवलपरासीमा अवस्थित कालिका एफ.एममा कार्यक्रम सञ्चालिका भई काम गरेकी छन् । निरन्तर अध्ययन एवं कडा मिहिनेत पश्चात वि.स. २०७२ सालको शिक्षक सेवा आयोगमा नाम निकाल्न सफल भएकी गौरी तमू हाल सामुदायिक विद्यालयमा शिक्षिकाको रुपमा अध्यापनरत छिन् ।


नेपाली साहित्य आकाशका स्रष्ट द्रग्टहश्रका माँझमा गौरी तमूको सक्रिय सहभागिता विशेषतः २०७४ चैत्रमा गुरुङ साहित्यिक मञ्च नेपालको स्थापना गरी यसको अध्यक्ष भई साहित्यिक गतिविधिहरु सञ्चालन गर्दै आएकी छिन् ।

यिनी राष्ट्रिय नारी साहित्य परिषदकी सचिव र गजल सन्ध्या पोखराका मनोनित सदस्य समैँ दर्बानीलाई पोखरा लिट्रेचर फेस्टिबल बेस्ट बुक अफ दि इयर ‘मेलवा देवी गुरुङ सम्मान’ (गुरुङ भाषाको कृतितर्फ), दुधपोखरी तमूसमाज पोखरा बाट रु १० हजार नगद सहित सफल नारी सम्मान र तमू प्ये ल्हुँ दुबईबाट कदर–पत्र सम्मान आदि प्राप्त पुरस्काहरु ह्ुन् ।

साथै २०७५ भदौ २३ गतेका दिन ‘अन्तरङ्ग मुक्तक राष्ट्रिय सम्मान २०७५’ बाट सम्मानित भएकी छन् । पोखराको साहित्यिक परिबृत्तमा गौरी तमूले उत्साहपूवर्क उपस्थिति देखाइसकेकी छिन् । उनी आफेनो जातीय भाषा र राष्ट्रभाषा नेपालमा समान रुपले सिर्जनशिल छिन् । प्रस्तुत मुक्तक सञ्चयनलाई म उनको बहुभाषिक चेतनाको समयसापेक्ष प्रयोग भन्छु । जीवन र समाजका विभिन्न रङलाई उलने चतुव्यदिय मुक्तक स्वरुप गरी एक भिन्न र उद्देश्यपूर्ण रचना धर्मिता देखाएकी छिन् । उनको यस सत्प्रयासले भाषिक निकटताको देश निर्माण गर्ने लक्ष्य लिएकी छ ।

म यस सत्प्रयासको सराहना गर्दै उत्तरोत्तर उन्नयनको कामना गर्दछु । सरुभक्त कुलपति (न.े.सं. तथा ना.प्र.प्र.) सिर्जनातर्फ मुक्तक, कथा, कविता, गीत, रचना साहित्यिक पत्रकारिताको निकासतर्फ समान रुपमा सक्रिय हुँदै आएकी नारी प्रतिभा हुन् । यिलने हाल पनि आफनो साहित्य यात्रा रोकेकी छैन । त्यसैले नेपाली साहित्य सिर्जना र तमू साहित्यमा समेत यिनको योगदान जिम्मेवारी पूर्ण देखिन्छ । साहित्यका सर्जक, भाषा सम्पादक सङग्रहका संस्थापक प्रतिभाहरुको सम्मानकर्ता लगायतका अनेक सहयोगहरुमा यिनको भुमिका रहे पनि यिनको पहिचान मूलतः मुक्तककार तथा साहित्यिक पत्रकारका रुपमा स्थापित छिन् । यिनलाई स्थापित गराउनमा सर्वाधिक भूमिका दायित्व ‘तमूसंसार’ पत्रिकाको छ ।

‘तमू संसार’ यिनले भाषा सम्पादक गर्दै आएकी साहित्यिक पत्रिका हो । वर्तमान समयमा साहित्य र गौरी तमू एकअर्काका यथार्थका शब्दहरु ब्नेका देखिन्छन् । साहित्यकार गौरी तमूको अनौपचारिक साहित्य यात्रा स्कुले जीवनदेखि नै शुरु भएको हो । आफ्ना छोटा कविताहरु लेखी साहित्यमा प्रवेश गरेकी यिनको औपचारिक साहित्य यात्रा भने मुक्तकबाट भएको देखिन्छ । वि.स. २०५५ सालमा कक्षा ८ मा पढ्दादेखि नै उनको बाबाको हात समाउदै साहित्यिक पत्रपत्रिकाहरुमा सक्रिय रुपमा साहित्य प्रकाशन गरेकी देखिन्छन् । यिनको पहिलो प्रकाशित पुस्तक भने ‘समै र्दवानी’ (मुक्तक संग्रह २०७४) हो । विभिन्न समयानुकुल त्यसपछिका दिनहरुमा यिनको प्रकाशनहरु कान्तिपुर राष्ट्रिय दैनिक एभरेष्ट टाइम बेलायत, तमूसंसार त्रैमासिक पत्रिका आदि पत्रिकाहरुमा फुटकर रुपमा प्रकाशित भई नै रहेका छन्. ।


वि.स. २०७४ साल गौरी तमूका लागि साहित्यिक यात्राको उर्वरकाल बनेको छ । यसै साल यिनको पहिलो कृति मुक्तक संग्रह ‘समैँ दर्बानी २०७४’ प्रकाशित भयो । समैँ दर्बानीको अर्थ के हो ? नेपाली भाषा साहित्य आफैमा समृद्ध छ । त्यसो त नेपाली भाषा साहित्यमा मुक्तक इतिहास पाँच दशक अघिदेखिको मात्र मानिन्छ । अब पनि हामी मुक्तक के हो ? यसको संरचना र सिद्धान्त के हुन् ? कस्तो हुनुपर्छ ? भनेर अल्मलिनु पर्दैन । २०७० सालमा पोखरमा भएको मुक्तक सम्बन्धी बृहत सम्मेलन र सम्मेलनबाट जारी गरिएका पाँच बुँदे घोषणपत्रले अब मुक्तकको आफ्नो स्पष्ट खाका कोरिसकेको देखिन्छ ।

र हाम्रो गुरुङ समुदाय भाषा र साहित्य निकै पछाडि परेको देखिन्छ । गुरुङहरुमा नेपाली साहित्यमा कलम चलाउने सर्जकहरु अत्यन्त न्युन छन् । त्यसो त गुरुङ भाषा अहिले सङ्कटग्रस्त अवस्थामा छ । धेरै गुरुङ शब्दहरु लोप भइसकेका छन् । यस्तो अवस्थामा गुरुङ साहित्यिक मञ्च नेपालको संस्थापक अध्यक्ष भएका गौरीको जिम्मेवारी बोधले उनी आफैँबाट शुरुवात गर्दै यस मुक्तक सङ्ग्रह लाई गुरुङ कवि, लेखक एंव गुरुङभाषाविद् केयर सिंह गुरुङको सहयोगमा केहीलाई अनुवाद र धेरैजसो मुक्तकलार्ई भावानुवाद गरेकी देखिन्छ । गुरुङ भाषमा नेपाली भाषामा जस्तो धेरै शब्दभण्डारहरु छैनन् ।

नेपाली भाषमा प्रयोग हुने कतिपय तत्सम , तदभव, आगन्तुक र प्रविधिक शब्दहरु गुरुङ भाषामा ठ्याक्कै भेट्न गाह्रो भएको उनी बताउछिन । कतिपय शब्दहरु गुरुङ भाषको शब्दकोशमा समेत पाइदैनन् । तसर्थ यस कृतिमा गुरुङ भाषामा भावानुवाद गर्दा केही नयाँनयाँ शब्दहरु समेत प्रायोगिक रुपमा देििखन्छन् ।

यसरी नै नयाँ नौला शब्दहरु प्रयोग गर्ने सन्दर्भमा क्होलासोथार गाँउपालिका भित्र बसोबास गर्ने बाबाआमा हरुले व्यवहारमा प्रयोग गर्ने तमू शब्दहरु समेत भेटिनछन् । अतः यस मुक्तकलाई समयानुकुल गुरुङ भाषमा भावानुवाद गर्नु मुक्तककारको उद्देश्य रहेको देखिन्छ । देवनगरी मा भएपनि करिब चार हजार शब्दहरु यस कृतिमा केन्दि«त भएका पाइन्छन् ।

प्रस्तुत कृतिको नाम गुरुङ भाषामा किन त ? किन भने गुरुङ इतर भाषीले पनि गुरुङ शब्दहरु जानुन र बुझुन, शब्दकोषमा समेत याी शब्दहरु लेखून् । यही सोंच र जिम्मेवारी बोधले गुरुङ भाषामा नै यसको नाम समेत जुराएका देखिन्छ । साहित्य लेखन सधैं सधैं समय, समाज र परिवेश भन्दा टाढा गएर कदपि लेखिदैन । यस मुक्तकभित्र यिनले प्रकृति, देश, सामाजिक विकृति, विसङगति, मायाप्रेम, नारीका विषयहरुलाई समेटेर लेखिएका पाइन्छ । यसैकारण यस सङग्रहको नाम ‘समैँ दर्बानी’ वा समयको दर्पण राखिएकोमा सार्थक एंव अर्थपूर्ण देखिन्छ । समय सधै परिवर्तनशिल छ ।

युगहरु फेरिसकेका छन् । अहिलेको समय बढी नै महत्वपूर्ण हुन्छन् । तर्सथ वर्तमान समयानकुल अघि बढ्न सकेमा सुनमा सुगन्ध हुन्छ नै । यी मुक्तकहरु समय कालखण्ड रुचि, आवश्यकता, रुचि, चालचलनm नयाँमूल्य मान्यतामा समेत निर्भर रहन्छ । यहाँ यिनले सबै स्वरका मुक्तकहरु जस्ताको तस्तै पस्केकी देखिन्छन् । उनको पैतिसौँ जन्मोत्सव पारेर १३५ वटा मुक्तकहरु पाठक सामु पस्केकी देखिन्छन् । अबका दिनहरुमा अझ राम्रा उत्कृष्ट कृतिहरु पस्कने छिन् भन्नेमा कुनै सन्देह छैन ।
थोरै समयमा र चोटिला शैलीमा जीवनको एउटा तीब्र अनुभुतिलाई यहाँ प्रस्तुत गरिएका देखिन्छन् । साहित्यका अन्य विधामा लागिपरेका स्रष्टाहरु समेत हाल आएर मुक्तक विधामा प्रवृत हुन थालेका छन् । सायद यस मुक्तकमा समर्पित गौरी तमूले पनि यसै प्रभावमा यी मुक्तकहरु लेखेकी हुन् । प्रस्तुत समिक्ष यिनको ‘समैँ दर्बानी’ सङग्रहका केही पक्षहरु मथि दृष्टि दिदै थयार पारिएको छ ।


कति दिन्छस् ठक्कर दे जिन्दगी,
दुःख पिडा नभए त के जिन्दगी ?
कहिले त लडाउँछस् कहिले म तँलाई,
लड्दै उठ्न सिकेको छु अरे जिन्दगी


जीवनमा प्रत्यक्ष रुपमा भोगेका अनुभूतिहरु अवश्य पनि यथार्थ हुन्छन् । वास्तवमा दुःख पिडा नभएको मानिस नै हुदैन । समयले गर्दा मानिस लाई सामान्य देखि विशिष्ट पुर्याउदछ । यति मात्र होइन विशिष्टबाट सामान्यमा झरेका पनि थुप्रै उदाहरणहरु पाइन्छन् । यसरी उनले जीवनमा सङ्घर्षका पाइलाहरु बटुलेकि छन् ।


मुक्तकका प्रचलित नियम पालना गरेर लेखेका यस मुक्तकहरु राम्ररी मिलेका देखिन्छन् । साहित्य समाजको दपर्ण हो । साहित्य समाजको ठूलो शक्ति हो । यसले समाज र राष्ट्रलाई अघि बढाउन शक्ति प्रदान गर्दछ । यसले पाठकलाई मन प्रफुल्ल बनाउछ । आनन्दानुभुति प्रकट गरी असल मार्गमा हिँड्न अभिप्रेरित गरेको हुन्छ । समाजमा रहेका वितृष्ण, विसङ्गती, विछोड सबै विषय बस्तुहरुलाई समेटेर मुक्तक लेखेकी देखिन्छन् । समाजमा दिनप्रतिदिन हराउदै गईरहेको मानवता बारे उनी मुक्तकमा डुबेकी देखिन्छ ।


धिंरै प्हौंगी खिँजीमैदी क्ह्रिसी तो लमु
हार्दियार ह्रोंसैंदी प्रि चु संसार ट्होसी तो लमु
भाइ तियाई अरुई लुटिई बेलारेँ ताँ क्होन कि
ह्रोसैँ ह्युलारी मि फुएसी तो लमु ?


कविता, सिद्धान्त नियमबाट अलग भएर लेखिएको पहिलो, दोस्रो, चौथो पाउ तुक मिलेको हुन्छ भने तेस्रो पङ्तिमा अन्त्यानुप्रास भङ्ग भएको हुन्छ । थोरै शब्दमा पनि धेरै कुरा व्यक्त गर्न सकिने मनका दुःख, रोदन, भय, तीब्र चोटिला व्यङग्यपूर्ण मुक्तकहरु यहाँ लेखिएका छन् ।

फेउली मु मुच्होर म्रोँले पर्दीम
आगुमै आङी ह्रोसैं ङहो ह्रोसैं प्हिलैं पर्दीम
प्रबम्हि प्लेल खाँमे रोब ल्हागी प्लेलँ पर्दीम
सफल तबर जिन्दगीर समस्या खेप्दिल पर्दिम ।

वास्तवमा सफलताको शिखरमा पुग्नका लागि सपनाहरु अवश्य नै बुन्नु पर्छ । भाग्यमा हाँस्ने होइन कर्ममा हाँस्नु पर्दछ । राष्ट्रको भोलिको काम कुराका लागि हरवखत अघि बढ्नै पर्दछ । मनमा हरहमेसा सम्झेर लेखिरहने मानिसले नै लडाईहरु जित्नेछन् भन्न सकिन्छ । मिहिनेतका साथ चढेका सपनाहरु अवश्य उक्लन सफल हुनेछन् । समाजमा असम्भव भन्ने वस्तु सायद शब्दकोषबाट नै हटाईदिए पनि हुन्छ । आफ्ना मुक्तकहरुलाई सबैजनाले फराकिलो मनले लिईदिनहुन उनी सबै पाठकहरुलाई हार्दिकता प्रकट गर्छिन् ।


यसरी पोखरालाई आफ्नो कर्म थलो बनाई अघि बढेकी मुक्तककार गौरी तमू सशक्त नारी हस्ताक्षरका रुपमा देख परेकी छन् । समैँ दर्बानीको आगमनसँग मुक्तक संसारमा नारी स«ष्टाहरुको इतिहासमा एक कोसेढुङ्गा साबित भएको छ ।

स्रष्टा गौरी तमू

पहिलो पटकमौ गौरी तमुका मुक्तकहरु सुन्ने बानी परिसकेका पाठकहरुलाई अझ झन् नयाँ छाप दिने नै छ भन्न सकिन्छ । समसामयिक परिवेश, श्रृङ्गारिकता, देशप्रेम, नारी बेदना भावनाहरु चर हरफमा व्यक्त गर्न सफल भएकी गौरी तमूको वाचनशैली पनि अझ दमदार चोटिला छ । मुक्तकमा व्यङग्य भाव कलाशैली शब्दशक्तिबाट व्यक्त गर्न सफल नारी हस्तक्षरहुन उनी । यस कृतिभित्र गडेर हेर्दा बेग्लाबेग्लै समिक्षा गर्न सकिन्छ ।

सम्भवतः यी मुक्तकहरु नेपाली समाजका विभिन्न क्षेत्रमा देखा परेका सामाजिक, राजनैतिक, नैतिक लगायतका विभिन्न समस्य र विकृतिहरुलाई विषयवस्तु बनाएर लेखिएका छन् । त्यसैले समसामयिता नै मुक्तकको नेपाली समाजका विभिन्न क्षेत्रमा देखा परेका सामाजिक, राजनैतिक, नैतिक लगायतका विभिन्न समस्य र विकृतिहरुलाई विषय वस्तु बनाएर लेखिएका छन् । त्यसैले समसामयिता नै मुक्तकको विशेषता देखिन्छ ।

भाषाको सरलता चोटिला सम्प्रेषर्णायता लेखनको सोद्देश्यता नेपाली समाज र नेपालीपनको मुक्तकार्य प्रहार छन् । शैलीगत चमत्कारिताको प्रयत्न देखिन्छ । अझ नै यी मुक्तक हरुमा प्रौढता एंव परिष्कार तर्फ लाग्न अझ कसरत गरिनुपथ्र्यो भन्ने अवस्था देखिन्छ । ता पनि यस मुक्तकार्य साधनामा रहेकी गौरी तमुले मुक्तक लेखनमा देखाएको रुचि र यो प्रशंसानीय कार्यका निम्ति स्वागतयोग्य भन्ने ठान्दछु ।

भाषाको सरलता चोटिला सम्प्रेषर्णायता लेखनको सोद्देश्यता नेपाली समाज र नेपालीपनको मुक्तकार्य प्रहार छन् । शैलीगत चमत्कारिताको प्रयत्न देखिन्छ । अझ नै यी मुक्तक हरुमा प्रौढता एंव परिष्कार तर्फ लाग्न अझ कसरत गरिनुपथ्र्यो भन्ने अवस्था देखिन्छ । ता पनि यस मुक्तकार्य साधनामा रहेकी गौरी तमुले मुक्तक लेखनमा देखाएको रुचि र यो प्रशंसानीय कार्यका निम्ति स्वागतयोग्य भन्ने ठान्दछु ।

0 0 votes
Article Rating

आजको खबर

पोखरासंविधान दिवसको सन्दर्भमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले बुधबार “संचारकर्मीसंग नेकपा (एमाले) “कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पार्टी सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: