ताजा खबर

एफेल टावरमा दोहोरीको रौनक

   १३ पुष २०७५, शुक्रबार ०९:४५      2,535 views

एकेन्द्र गुरुङ

फ्रान्सको राजधानी पेरिसमा गैह आवासीय नेपाली संघको युरोपियन भेला हुने जानकारी संचार माध्यमबाट पाउ“छौं । भाइ नारायण कुमार गुरुङ (कुम्लुड्ड, लमजुङ) र म आपूm समेत पूर्ण गुरुङ (अध्यक्ष) र भक्त गुरुङ संयोजक गैह आवासीय नेपाली संघ बेलायतस“ग पेरिस जाने तयरीमा लाग्यौ । जाने समय भैहाल्यो यूरो रेलमार्ग भएर जान पूर्व सल्लाह अनुसार लण्डन वाटरलु स्टेशनमा म एक्लै पुगेको थिए“ । घरायसी व्यवहारले गर्दा नारायण नजाने भएको थियो । केही संकोच, केही खुशी र केही असहज अनुभूतिस“ग वहा“हरूलाई भेटे“ । हतार हतार हामी अघि बढ्छौं । विजय थापा एनआरएनए बेलायतको अन्तर्राष्ट्रिय प्रतिनिधि र मोहन गुरुङ प्रबन्ध निर्देशक र प्रविण गुरुङ निर्देशक नेपाली टि.भि. बेलायतलाई ट्रेनमा भेट्यौं । हाम्रो गफगाफको मिठास र ह्वीस्कीको चुस्कीमा रमाउ“दै गफिदै झ्यालबाट हेरर देखिने प्रकृति बनोट, चौडा राजमार्गमा लामवद्ध वेगले दौडने सवारी साधनहरू लम्बेतान देखिने हरिया जंगलहरू, चाक्ला समथर भू–भागहरूको बेलायतमै भैरहेको झझल्को दिलाए पनि हामी फ्रान्स पुगिसकेको हुन्छौं । अध्यागमनमा नेपाल जस्तै अनावश्यक झन्झट हुने कुरा भएन । सहज ढंगले एक आपसमा गफिदै हा“स्दै हामी पेरिस उत्रन्छौं । स्टेशनबाट बाहिरिंदा मैले पढेको सुनेको पेरिस पाइन । सफा सुग्घर, सम्म, शालिन, दुलही जस्तै सिंगारिएकी आकर्षक हुनुपर्ने मेरो पूर्व अनुमान गलत भैसकेको थियो । आयोजक गैर आवासीय नेपाली संघ फ्रान्सको साथीहरूले हाम्रो सुत्ने बस्ने व्यवस्था द्य ७ ज्यतभ िमा गरेका रहेछन् । ट्याक्सी लिएर हामी होटल पुग्यौं । भेला आयोजक क्या. हितमान गुरुङ (एनआरएनए अन्तर्राष्ट्रिय प्रतिनिधि बेलायत), डा. हेमराज शर्मा, सुवास अधिकारी, कुल आचार्य पहिल्यै पुगिसकेका रहेछन् । हर्कसेन आउदै गरेको फोनबाट थाहा हुन्छ । पिपका देश महेन्द्र कंडेल, विनोद ज्ञवाली, किशोर सापकोटा र शंकर भण्डारी एनआरएनए बेलायतको हस्तीहरू सबै पेरिस पुगिसकेका रहेछन् । होटलमा पुगेर नुहाई धुवाई र चिया खान नपाउ“दै चा“डै निस्कन पर्ने खबर आउ“छ ।
फ्रान्सको नेपाली राजदूत महामहिम मोहन कृष्ण श्रेष्ठद्वारा सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधि अतिथिहरूको सम्मानमारात्री भोजको आयोजना गरिएको रहेछ । हतार हतार राजदूताबास प्रायः अतिथिहरूको आउने क्रम जारी थियो । गैह आवासीय नेपाली संघको आईसिसि अध्यक्ष देवमान हिराचन, डा. उपेन्द्र महतो, रामप्रताप थापा, जीव लामिछानेलगायत युरोपको विभिन्न मुलुकहरूबाट आइपुगेका प्रतिनिधिहरूस“ग चिनजान गर्ने सम्बन्धित मुलुकको वस्तुस्थिति र नेपालको बसाई र भविष्यको विषयमा कुराकानी भयो । कार्यक्रम बेलायत र बेल्जियमका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । हामीलाई संसारको सात आश्चर्यमा गनिने एफेल टावरको रात्री दृश्य हेर्न आतुर थियो । पूर्व सल्लाह अनुसार कार्यक्रम समापन नहु“दै हामी बाहिरिन्छौं । ट्याक्सीमा हुइकिन्छौं एफेल टावरतिर । जीवनको कुनै कालखण्ड पुग्नै पर्ने ठाउ“ टावरमा प्राय धेरै साथीहरू छुटिसकेका थिए । पेरिस जानुको मुख्य रहस्य नै एफेल टावर घुम्दै संसारकै सुन्दर शहर पेरिसमा रमाउनु थियो । अवेर पुगेकोले होला टावरमा बत्ती निभिसकेको थियो । अ“ध्यारोमा पनि टावरलाई अघाइन्जेल नियालिरह्यौं । हामी जस्तै थुप्रै मानिसहरू अझै टावरको आनन्दभूति गर्दै छाइरहेका थिए । क्यामेराको फ्ल्यासका झिलिक्क बत्तीहरू वातावरणलाई तरंगित बनाइएको थियो । सूर्य गुरुङ, विजय थापा, भक्त गुरुङ लगायतका हामीहरू टावरस“वै फोटो खिच्ने, घुम्ने गर्न थाल्यौ । घुम्दाघुम्दै भक्त र म साइननदीको किनारमा अनायसै पुग्छौं । डुड्डाभित्र र बाहिर किनारमा पनि क्याफे पसल जस्तो देखिने रेष्टुरा“मा पश्चिमी धुन र बाजामा अर्धनग्न युवा युवतीहरूको नृत्यको दृश्य, नदीको किनारमा युगल जोडाजोडीको दृश्य आप्mनै भिन्नै संसारमा रमाइरहेकोे देखिन्थ्यो । हङकङ र लण्डनको रात्री जीवन बारे धेरै थोरै जानकारी भएपनि एफेल टावरको रात्री जीवन संस्कृतिलाई नजिकै नियाल्दा आधुनिक सफलताको आडमा मौलाएको छाडा संस्कृति झै लाग्यो । यस्तै यस्तै दुविधा लाग्ने, असहज लाग्ने दृश्यहरूले आप्mनो सोंचाईको स्तर धेरै पछाडि पो छ कि जस्तै यो सोच्दै कोठातिर फर्कन्छौं ।
३१ जुलाइका दिन गैह आवासीय नेपाली संघको युरोपियन भेलाको दिन रहेको थियो । फ्रान्सका लागि नेपाली राजदूत महामहिम मोहनकृष्ण श्रेष्ठ, जर्मनका लागि नेपाली राजदूत महामहिम सुरेश प्रधान र बेल्जियमका मिनिस्टर काउन्सिलर दीपक घिताल र नेपालबाट आएका शिक्षाविद् उमेश प्रधान, लिटिल एन्जेल्स र साथीहरूको विशेष उपस्थिति, युरोपभरि छरिएर रहेका आवासीय नेपालीहरूको सहभागितामा सम्मेलन भएको थियो । प्रवासी नेपालीहरूको हक अधिकार र आप्mनो मातृभूमिलाई कसरी सहयोग पु¥याउने भन्ने विषयमा व्यापक छलफल गरी केही निर्णयहरू पनि गरेको थियो । गैह आवासीय नेपाली संघको उचाई भएको स्थान दोहोरो नागरिकताको “आवधारणा पत्र” सार्वजनिक गरेर संस्थाको आधिकारिक धारणा सार्वजनिक गरेको थियो । दोहोरो नागरिकताको परिभाषा, आवश्यकता र फाइदाको बारेमा प्रस्तुत व्याख्या गरेको छ । पेरिस भेलाले नेपाल सरकार र गैह आवासीय नेपालीहरू सबै दोहोरो नागरिकता सम्बन्धमा प्रष्ट हुन सहयोग पुग्ने छ । यसले प्रवासी नेपालीहरूलाई दोहोरो नागरिकताको आन्दोलनमा थप उर्जा मिलेको छ । औपचारिक कार्यक्रमको अतिरिक्त नेपालबाट आएका चर्चित कलाकारहरू नरेन्द्र प्यासी, अन्जना गुरुङ र खड्क गर्बुजाका कालजयी गीतहरू र मल्लिका कार्कीको बेजोड प्रस्तुतिको कार्यक्रम रोचक थियो । गीत संगितको तृष्णा थोरै भएपनि प्रयास पेरिसमा भएकै हो । सा“झमा ल्च्ल्ब् फ्रान्सले आयोजना गरेको रात्री भोजमा सम्मिलित भैसकेपछि हामी पुनः एफेल टावरतिर नै हानिन्छौं । गयरात अवेर पुगेकोले बत्ती निभिएको थियो । यतिखेर टावर धपक्क बलेको थियो । गहनाले सिंगारिएर बत्तीको अगाडि बसेकी दुलही जस्तै थियो । झपक्क बलेको टावरलाई पृष्ठभूमि बनाएर …सिनो क्यामेराको उज्यालोले वातावरणलाई रंगीन बनाइरहेको थियो । अनुमान गर्न नसकिने भीडमा युरोपियन एशियन, अफ्रिकन सबै मिस्रित अनुहारहरू देखिंदा लाग्छ टावर संसार भरकै मानिसहरूको रोजाइको गन्तव्य रहेछ । …विविधता भित्रको एकताको मिलन विन्दु रहेछ । टावरमा रंगीन बत्तीहरूको जडान मात्र हो कि ? जस्तो पनि देखिरहेछ हेर्दै जा“दा । रंगीन बाटोमा प्रवाहहरू साइन नदीमा छताछुल्ल पोखिएर कतै सप्तरंगी इन्द्रधनुष जस्तो कतै गोधुली सा“झ जस्तै अनौठो दृश्यले सबैलाई लोभ्याउथ्यो । यसरी संसारकै एउटा विचित्र र उत्कृष्ट कलाकृति, आधुनिक सभ्यता र संस्कृतिको सर्वोत्कृष्ट नमूनालाई चियाउदै बेल्जियमका साथीहरू बसिरहनुभएको स्थानमा पुग्न नपाउदै वाइन, हुस्की, वियर र अन्य पेय पदार्थ बेच्दै हिड्ने भारतीय मुलको मान्छेहरूप्रति ध्यान आकर्षण हुन्छ । पुलिसलाई छल्दै पेय पदार्थ बेच्ने, पुलिस आए कतै लुकाउने वा बसिरहेको मानिसको अघिपछि मिल्काएर भाग्ने । पुलिस गएपछि मात्र सामान खोज्दा रहेछन् । साथीहरू बहुत रमाइलो अवस्थामा गफिदै रहेछन् हामी पुग्दा जानकी गुरुङ (प्रतिनिधि बेल्जियसम) को जन्मदिन मनाउन लागिरहेको रहेछ । शुरुमा त विश्वासै भएन । स्याम्पेन खोलेपछि मात्रै विश्वास भयो । आश्चर्य लाग्यो संजोग पनि कस्तो पेरिसको एफेल टावरमा रमाइलो जमघट शुभकामना व्यक्त, शुभ जन्मदिनले साह«ै खुशी भयौ । बेल्जियमको साथीहरू पी.जे शेर्पा, श्रीमती पि.दे शेर्पा, युवराज गुरुङ, अनुजा प्रधान र जानकी गुरुङ हामी बेलायतबाट जानेहरू मोहन गुरुङ, विजय थापा, सूर्य गुरुङ, मदन गुरुङ, प्रविण गुरुङ, जर्मनबाट दिल गुरुङ र म स्पाम्पेनको चुस्कीमा रम्दै झुम्दै गयौं । गीत गाउने नाच्ने क्रम शुरु भयो । जानकी बैनीलाई जन्म दिनको शुभकामना गीतबाटै दिने भयौं । तर गीतको उडान गर्न आखिर मै बुढो अघि सर्नुप¥यो । शुभकामनाको लागि दोहोरी गीतको उढान गर्ने बित्तिकै धारा प्रवाह ढंगले मोहन गुरुङ, सूर्य गुरुङ, भक्त गुरुङ, अनुजा प्रधानहरूबाट गीत गाउने काम भयो । शुभकामना दिने गीत विस्तारै दोहोरो, नागकिता, नेपालमा शान्तिस्थापना गर्ने प्रसंग पनि गुन्जिन थाल्यो । दोहोरी गीतको गुञ्जनले रौनकता छाएको थियो । योभन्दा अगाडि एफेल टावरमा कसैले दोहोरी गाएको थिएन होला । भविष्यमा पनि सायदै गाउने अनुकूल हु“दैन होला । यो अवसरलाई हामीले भरपुर उपयोग ग¥यौ । पालैपालो गाउने, पालैपालो नाच्ने ग¥यौ, धेरै खुशी बा“ड्यौ। नेपालप्रति आस्था र सम्झनाको तलतल अलिकति भने पनि दोहोरी गीतबाट मेट्ने प्रयोस ग¥यौ । जानकी बैनीको जन्मदिन पेरिसमा पर्नु, हामी सबै एक ठाउ“मा भेट हुनु, दोहोरीको प्रसंग उठ्नु, सायद संजोग नै भन्नुपर्छ, विरलै जुर्छन् यस्ता अवसरहरू । घडी धेरै घुमिसकेको थियो । टावरको बत्ती निभेको धेरै भैसकेको थियो । ट्याक्सी मिलाएर सबै आ–आप्mनो बासस्थानतिर लाग्यौ ।
एफेल टावर पुग्नु अगावै हामीले पेरिसको वेसिलि चर्च ९द्यभकष्ष्लिनगभ ऋजगचअज० घुमिसकेका थियौं । काठमाडौंको स्वयम्भु जस्तै अग्लो उठेको डा“डामा अवस्थित चर्च जहा“बाट पेरिसलाई अघाईञ्जेल देख्न सकिने रहेछ । स्वयंम्भुमा बा“दरको हुल यहा“ मान्छेको भीड । खुला फराकिला सि“ढी र पार्क भएर पनि कतै खुट्टा राख्ने ठाउ“ थिएन । मानिसहरू सबै आप्mनै दुनिया“मा रमाइरहेका हराइरहेका जस्ता देखिन्थे । आलिंगन र चुम्बन गरिरहेका दृश्य विना हिचकिचावट र विना रोकतोक प्रसस्त देखिन्थे । परदेशी फेसनको भरपुर प्रयोग क्यामेरामा कैद गर्न सबै व्यस्त देखिन्थ्यो । केही मानिसहरू विचित्रको सरकस देखाइरहेको थियो भने एकथरि मानिसहरू अनौठो जादु देखाएर मानिसको मीडलाई आपूmतिर आकर्षित गरिरहेको देखिन्थ्यो । चर्चको मूल प्रवेश द्वारमा १५० वर्ष यता भगवानको निरन्तर प्रार्थना गरिरहेको भन्ने सूचनामा मानिसहरू बेखबर जस्तै देखिन्थे ।
कार्यक्रमको समापनपश्चात सहभागी साथीहरू प्रायः सबै फर्कीसके पनि हामी (सूर्य, भक्त र म) फ्रान्समा बस्दै आएका पोखराका भाइ मोहन गुरुङस“ग घुम्ने सल्लाह अनुसार पुनः एफेन टावर पुग्यौं । टावरमा चढ्ने सल्लाह अनुसार पुनः एफेल टावर पुग्छौं । टावरमा चढ्ने हाम्रो चाहना पूरा गर्न लामो लाइनमा लामबद्ध हुन्छौं । पानी दर्किन्छ तर हामी लाइन छाड््दैनौ । टिकट लिएर पनि लाइनमै उभिनुपर्ने वाध्यता । चारैवटा ढोकामा मानिसको बाक्लै भिड थियो । २ घण्टापछि मात्रै हामी लिप्mटमा छिर्छौं । लिप्mट विस्तारै माथि चढ्छ । लिप्mट जति जति माथि सर्दै जान्छ पेरिस शहर त्यति नै पूरा खुलेको देखिरहेछ । बल्ल महशुस हुन थाल्छ पढेको, सुनेको झै सुन्दरी नै रहेछ पेरिस शहर भनेर । अरु पर्यटकहरू जस्तै हामी पनि पेरिसको मनमोहक दृश्यलाई पृष्ठभूमिमा पारेर क्यामेरामा कैद भैरन्छौ । टावरबाट हेर्दा नेपालको घरेलु उडान भर्दा महशुस हुने रमाइलो खालको अनुमतिस“गै अघिल्लो रातको दोहोरी गीत र नाचको ह्याड्ड ओभर अझै बा“की भए झै हामी हा“सिन्छौं ।

0 0 votes
Article Rating

आजको खबर

पोखरासंविधान दिवसको सन्दर्भमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले बुधबार “संचारकर्मीसंग नेकपा (एमाले) “कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पार्टी सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: