ताजा खबर

अख्तियारसँग विवेकशील गण्डकीले माग्यो भ्रष्टाचार विवरण

   १५ चैत्र २०७५, शुक्रबार १७:४०      2,326 views

विवेकशील साझा पार्टीको ‘ठुलो माछा समाऊ’ अभियान अन्तरगत गण्डकी प्रदेश शाखाले शुक्रबार पोखरास्थित अख्तियार दुरुपयोग कार्यालयमा पुगेर पछिल्लो विवरण माग गरेको छ । फागुन १४ गते मंगलबार भ्रष्टाचारको विरुद्धमा ज्ञापन पत्र बुझाएको विवेकशील साझा गण्डकी प्रदेशले एक महिनापछि प्रदेश र यस क्षेत्रमा भएका भ्रष्टाचारको विवरण माग गरेको हो ।

‘ठुलो माछा कता छ ?’ नारा दिएर भ्रष्टाचारको विरुद्धमा देशव्यापी विवेकशील साझा पार्टीले अभियान चलाईरहेको छ । सोही अभियान अन्तरगत पार्टीको गण्डकी प्रदेश शाखाले पोखराको अख्तियार कार्यालयमा पुगेर भ्रष्टाचारको उजुरी र कारबाहीको विवरण मागेको हो । विवेकशील साझा पार्टी गण्डकी प्रदेशका सँयोजक महेश भण्डारी, यो अभियानका सँयोजक दीपक पौडेल लगाएतका पार्टीका अभियन्ता तथा अगुवाहरु पोखरा नयाँबजारस्थित अख्तियार कार्यालयमा पुगेका थिए ।

अख्तियार कार्यालयले दिएको विवरणअनुसार यस क्षेत्रमा अघिल्लो आर्थिक वर्षको भन्दा भ्रष्टाचारको संख्या झन् बढेको देखिएको छ । प्राप्त गरेको विवरणअनुसार अघिल्लो आर्थिक वर्षको २ सय ८७ वटा भ्रष्टाचारसम्बन्धि उजुरी परेकोमा यो आर्थिक वर्षको फागुन सम्ममा ३ सय ४५ वटा उजुरी कार्यालयमा दर्ता भैसकेका छन् ।

दुई आर्थिक वर्षको कुल ६ सय ३२ वटा उजुरीमध्ये ३ सय ४ वटा मुद्दा फस्र्यौट भैसकेका छन् भने बाँकी ३ सय २८ वटा उजुरी अनुसन्धानको क्रममा रहेको अख्तियारले बताएको छ ।

अख्तियारका अनुसार सबैभन्दा बढि उजुरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयतर्पm परेको देखिन्छ । प्रदेश अन्तरगतका जिल्लागत उजुरी विवरणअनुसार सबैभन्दा बढि उजुरी कास्की जिल्लाको परेको छ भने पर्वत, तनहुँ क्रमागत छन् । मनाङमा शून्य उजुरी छ भने मुस्ताङ दोस्रो कम उजुरी पर्ने जिल्ला रहेको छ ।

विवेकशील साझा पार्टीले वाइडवडी, ३३ केजी सुन, मेलम्ची र गण्डकी मेडिकल कलेज लगायतमा भ्रष्टाचारको विषयमा काबारही गर्न भनि सरकारलाई दबाब दिँदै आएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको तथ्यांकअनुसार अघिल्लो वर्ष १ सय २२ औँ स्थानमा रहेको नेपाल अहिले भ्रष्टाचार हुने मुलुकहरुमध्ये १ सय २४ औँ स्थानमा झरेको छ । र, दक्षिण एशियाली आठ मुलुकमध्ये नेपाल पाँचौ स्थानमा रहेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284