पोखरामा ‘आदिवासीय सहलेखनसहितको रचना वाचन कार्यक्रम’ सम्पन्न
पोखरामा रहेका आदिवासी स्रष्टाहले आइतबार एक कार्यक्रमको आयोजना गरी मातृभाषामा रचना वाचन गरेका छन् । हरेक वर्ष ९ अगाष्टका दिन मनाइने विश्व आदिवासी दिवसको अवसर पारेर पोखरेली आदिवासी जनजाति स्रष्टा समूहद्धारा ‘आदिवासीय सहलेखनसहितको रचना वाचन कार्यक्रम’ सम्पन्न गरेको हो ।
पोखरामा रहेका गुरुङ, मगर, नेवार, तामाङ लगायतका आदिवासी साहित्यकार तथा स्रष्टाहरुले आ–आफ्नो मातृभाषामा कविता वाचन गरेका थिए । सर्जनहरुले रचनाद्धारा लोप हुँदै गइरहेको आदिवासी जनजातिका भाषा, कला, संस्कार, संस्कृति संरक्षण र सम्बद्र्धनका लागि जागरण सहितको भाव व्यक्त भएका थिए । साथै स्रष्टाहरुले भाषिक आदानप्रदान गर्दै सहलेखन सहितको रचना वाचन गरेका थिए ।
लेखक तथा नेपाल सरकारका पूर्व उपसचिव गगनसिं थापा मगरले भाषा संस्कृति जगेर्नाको लागि मातृभाषामा साहित्य, सृजना प्रसस्त हुनु आनिवार्य रहेकाले यस्ता खालका कार्यक्रमहरु निरन्तर हुनुपर्नेमा जोड दिए । पोखरामा रहेका आदिवासी स्रष्टाहरुलाई क्रियाशिल गर्दै उनीहरुविच भाषिक निकटता ल्याउनको लागि सहलेखन सहितको रचना बाचन कार्यक्रम गरिएको कार्यक्रम संयोजक तथा साहित्यकार गौरी तमूले बताइन् ।
भिन्तुना पत्रिकाका सम्पादक तथा मातृभाषी स्रष्टा उदय बहादुर अमात्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मगर भाषा प्रतिष्ठान कास्कीका सचिव मिना थापा मगरले गरेकी थिइन् ।
कार्यक्रममा याम बहादुर थापा मगर, गौरी तमू, रोशनी गुरुङ, धनप्रसाद तामाङ, उदय बहादुर अमात्य, रुद्र सन्देस मगर, काजी गाउँले श्रेष्ठ, राम बहादुर तामाङ (शिवु), तेज बहादुर गुरुङ, विकास लुङ्गेली मगर, अरिद थापा मगर, मेजन पुन मगर, सम्झना कुँवर कुसुम, मिना थापा मगर लगायतले रचना बाचन गरेका थिए ।
यस वर्षको ३२औं विश्व आदिवासी दिवास देशैभरिका आदिवासीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।
आजको खबर
Follow Us
पोखरामा ‘आदिवासीय सहलेखनसहितको रचना वाचन कार्यक्रम’ सम्पन्न
२४ श्रावण २०८३, आईतवार १७:५५
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38