ताजा खबर

कञ्चन पत्रकरिता पुरस्कार खेम सारु मगर र गोपाल जिटीलाई

   १४ श्रावण २०८३, बिहीबार २१:३२      39 views

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा) लाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार फोनिज गण्डकीको बैठकले सारुमगर र जिटीको नाम अनुमोदन गरेको फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङले जानकारी दिइन् । पुरस्कार राशि जनही २५ हजार र सम्मानपत्र रहेको छ ।

फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले पत्रकार सारुमगर र जिटीको नाम सिफारिस गरेको हो । समितिको सदस्यमा फोनिज गण्डकी संघीय सचिव एमबी आस्था मगर, फोनिज गण्डकीका सल्लाहकार मनोज घर्तीमगर, अध्यक्ष खिमा गुरुङ र महासचिव सुरज थापामगर थिए । पुरस्कृत हुने पत्रकार खेम सारुमगर सार्वजनिक सेवा प्रशारण रेडियो नेपाल, प्रादेशिक प्रशारण केन्द्र, पोखरामा कार्यरत छन् । तत्कालिन रेडियो नेपाल क्षेत्रीय प्राशारण केन्द्र, पोखरामा २०५१ सालबाट पत्रकारिता सुरु गरेका सारुमगरसँग समाचार बाचक (मगर भाषा), समचार सम्पादक हुदैं वरिष्ठ सम्पादक भई कार्य गरेको अनुभव छ ।

स्याङ्जाका गोपाल जिटी २०६७ सालदेखि सञ्चारकर्म जोडिएका हुन् । उनले सामुदायिक रेडियो वालिङ एफ एम र वालिङ टेलिभिजनमा काम गरिसकेका छन् । अहिले उनी प्रमाण मिडिया ग्रुप प्रालि अन्तर्गतको प्रमाण न्यूज साप्ताहिक र प्रमाण अनलाइनमा कार्यरत छन् ।

उनीहरुलाई फोनिज स्थापना दिवसका अवसरमा साउन २१ गते पोखरामा सम्मान समारोह आयोजना गरी पुरस्कृत गरिनेछ । पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ जना पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिदै आएको छ ।

यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादुर तमु, दीपेन्द्र श्रेष्ठ, राम गुरुङ, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना, लमजुङका आश गुरुङ, मुस्ताङका सुन्दरकुमार थकाली, नवलपुरकी कमला राना, गोरखाका कैलाशबाबु श्रेष्ठलाई यो पुरस्कार अर्पण गरिसकिएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा) लाई प्रदान गरिने भएको छ । प्रतिभा

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284