अछाममा ट्रयाक्टर दुर्घटना : ३ जना विद्यार्थीको ज्यान गयो
अछाम – अछाम जिल्लाको चौरपाटी गाउँपालिका–३, शोकट मुली कोलगैरामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको ज्यान गएको छ ।

से १ त ७८३९ नम्बरको ट्रयाक्टर बुधबार बिहानै दुर्घटना हुँदा तीन जना विद्यार्थीको ज्यान गएको हो । दुर्घटनामा परि चार जना विद्यार्थी घाइते भएका छन् ।
ज्यान गुमाउनेमा चौरपाटी गाउँपालिका–२ मा रहेको दशपल्ले माविवाट यस वर्ष एसइई परीक्षा दिएका रमेश साउद, कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले जानकारी दिनुभयो ।
ट्रयाक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन् । अन्य ४ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । घटनाको बिस्तृत बिवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिनुभयो
आजको खबर
Follow Us
कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट हितानमगर र गुरुङ सम्मानित
३० असार २०८३, मंगलवार १२:१६
तमू विद्यार्थी समिती कास्कीको अभिभावक भेटघाट कार्यक्रम सम्पन्न
३० असार २०८३, मंगलवार १२:३८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38