ताजा खबर

नेपाल मगर सांस्कृतिक संघको २३ औँ स्थापना दिवस सम्पन्न, खड्ग गर्बुजा मगरलाई ‘सालैजो शिरोमणि’ घोषणा

   १६ असार २०८३, मंगलवार २२:०२      22 views

काठमाडौं, असार १५ ।

नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिको आयोजनामा २३ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ ।
संघका अध्यक्ष नन्द घर्ती मगरको सभाध्यक्षता तथा नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष रक्ष बहादुर रैका मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा मगर कला, संस्कृति, भाषा तथा मौलिक पहिचानको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान तथा बधाई प्रदान गरिएको थियो ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा नेपाली सालैजो गायनलाई राष्ट्रिय पहिचान दिलाउन, यसको संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरणमा दशकौँ देखि अतुलनीय योगदान पु¥याउँदै आउनुभएका वरिष्ठ लोकगायक तथा स्रष्टा खड्ग गर्बुजा मगरलाई ‘सालैजो शिरोमणि’ मानपदवी उपाधिबाट विभूषित गरिएको घोषणा गरिएको थियो । उक्त सम्मान सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुन तथा नेपाल मगर संघका अध्यक्ष रक्ष बहादुर रैका मगरको संयुक्त उपस्थितिमा प्रदान गरिएको थियो ।

त्यसैगरी, नेपाल सरकारको अमूर्त सांस्कृतिक सम्पदा राष्ट्रिय सूचीमा मगर समुदायको “भुमे पर्व” र “नचारु स्याईं नाच” सूचीकृत गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै सांस्कृतिक संस्थानको नेतृत्व सफलतापूर्वक सम्हाल्नुभएका महाप्रबन्धक किरण बाबु पुन लाई अभिनन्दन–पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली लोकदोहोरी क्षेत्रमार्फत निरन्तर उत्कृष्ट योगदान पु¥याउँदै विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा उल्लेखनीय सफलता हासिल गर्नुभएका चर्चित कलाकारहरूलाई पनि बधाई–पत्र प्रदान गरिएको थियो । सम्मानित हुनेहरूमा चर्चित लोकदोहोरी गायक दिलीप थापा मगर, अनुप आले मगर, चर्चित लोकदोहोरी गायिका संगिना थापा मगर, पार्वती आले मगर रहनुभएको थियो । उहाँहरूको उल्लेखनीय उपलब्धिले नेपाली लोकदोहोरी संगीतसँगै मगर समुदायको कला–संस्कृतिको गरिमा थप उचाइमा पु¥याएको भन्दै संघले उच्च प्रशंसा व्यक्त गरेको थियो ।

कार्यक्रममा वक्ताहरूले मगर समुदायको मौलिक संस्कृति, भाषा, भेषभूषा, कला तथा परम्पराको संरक्षणका लागि नेपाल मगर सांस्कृतिक संघले विगत २३ वर्षदेखि निरन्तर गरिरहेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा सांस्कृतिक अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

काठमाडौं, असार १५ । नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिको आयोजनामा २३ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ ।संघका अध्यक्ष

अझै पढ्नुहोस्

नेपाली मौलिक संस्कृति, कृषि परम्परा र सामुदायिक एकतालाई जीवन्त बनाउँदै पोखरा महानगरपालिका–२५ हेम्जास्थित देवीस्थान सेवा समाजको आयोजनामा छैटौँ हेमजा हिले महोत्सव–२०८३ भव्य रूपमा सम्पन्न भएको

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284