अदालतमा बयान दिएलगत्तै इजिप्टका पूर्वराष्ट्रपतिको निधन
इजिप्ट । इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमै निधन भएको छ । आफूविरुद्ध लागेको अभियोगका विषयमा सुनुवाइका क्रममा अदालतमा उपस्थित गराइएका उनको मृत्यु भएको हो ।
मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सीलाई जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित गराइएको थियो । जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामिक समूह हमाससँग शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिए लगत्तै उनी बेहोस भएका थिए ।
बेहोस् भएर लडेको केही समयमै उनको निधन भएको हो । उनी सन् २०१३ मा अपदस्थ गरिएका थिए ।
सन् २०१२ मा निर्वाचित भएको एक वर्षपछि नै इजिप्टको सेनाले उनलाई अपदस्थ गरेयता उनी जेलमा थिए । जेलमा पनि मोर्सीलाई एकान्त ठाउँमा राखिएको थियो । उनका परिवार तथा कानुन व्यवसायीसँग पनि निकै कममात्र भेट गर्ने दिने गरिएको थियो ।
अदालतमा उपस्थित गराइएका मोर्सीलाई सिसाको पिँजडाभित्र राखेर करिब पाँच मिनेट बयान लिइएको थियो । अदालत कारबाहीमा बाधा नपुगोस् भनेर त्यस्तो पिँजडामा राखेको बताइएको छ । निधन हुनुको खास कारण भने खुलाइएको छैन ।
मुस्लिम ब्रदरहुड दलले भने आफ्ना नेताको निधनलाई हत्याको संज्ञा दिएको छ । उसले मोर्सीलाई उपचार सेवासमेत नदिइएको आरोप लगाएको छ । (एजेन्सी)
आजको खबर
तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्धारा शैक्षिकसत्र २०८१ को लागि “तमु विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम’ यही असोज ३ गते, बिहीबार पोखरा फिर्केस्थित पोखरा इन्जिनियरिङ कलेजको सभाहलमा सम्पन्न…
अझै पढ्नुहोस्Follow Us
तमु साँस्कृतिक प्रतिष्ठानद्धारा छात्रवृत्ति वितरण
४ आश्विन २०८१, शुक्रबार ११:४४
Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3 Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3
Written by Abigail73 2024-06-04 19:17:39
Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно
Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно
Written by Clarissa1170 2024-06-04 19:57:36