
‘अनियमितता गर्नेलाई कारवाही गरि अस्पताल सुचारु गरौं’
पोखरा नयाँबजार स्थित गण्डकी मेडिकल कलेजमा भएको विद्यार्थी र व्यवस्थापन पक्षका बीचको विवादका कारण अस्पतालको वाह्य उपचार कक्षमा तालावन्दी भएको घटना प्रति शान्तिका लागि नागरिक समाजको सञ्जालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संजालले आज एक विज्ञप्ती जारी गर्दै अस्पताल प्रशासनले विधार्थीहरुबाट अनियमित तवरवाट बढि शुल्क लिएपछि सिर्जित आन्दोलन र त्यस पश्चात अस्पतास बन्द हुने अवस्था सिर्जना हुनुले नागरीकले स्वास्थ्य उपचार पाउनु पर्ने संवैधानिक हकमा गंभीर अवरोध भएको भन्दै तत्काल समस्या समाधान गरि सेवा सुचारु गर्न माग समेत गरेको छ ।
‘चिकित्सा शिक्षामा अध्ययन गर्ने सवै तहका विद्यार्थी संग विगत २०७२ सालमा नेपाल सरकारले तोकेको शुल्क भन्दा वढी शुल्क लिएको भन्ने पाइयो, यस प्रकारको अनियमितता तुरुन्त वन्द हुनु पर्छ, अनियमितता गर्नेलाई कानून वमोजिम कारवाही हुनु पर्छ र अस्पताल जस्तो संवेदनशील संस्था तुरुन्त सुचारु वनाउन सम्वन्धित निकाय संग जोडदार माग गर्दछौं’,विज्ञप्तीमा भनिएको छ ।

उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52