ताजा खबर

अन्नपूर्ण गाउँपालिकामा विकास योजनाको अनुगमन

   ७ असार २०७६, शनिबार ०८:३४      2,018 views


कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा भए गरेका बिभिन्न विकास योजनाको जिल्ला समन्वय समितिको एक टोलीले स्थलगत अनुगमन गरेकोछ ।


टोलीले संङघ, प्रदेश र स्थानीय सरकारबाट आर्थिक बर्ष २०७५।०७६ मा बजेट विनियोजन गरि निर्माणाधीन एवम् सम्पन्न भई सकेका वडा नं. १ देखि ६ सम्म एक दर्जन भन्दा बढी विकास निर्माण योजनाको अनुगमन गरेको हो ।


सो अवसरमा नाउँडाँडा, अधिकारीडाँडा हुँदै कार्कीतहरा सडक, नागडाँडा सेराचौर ग्रामीण सडक, शेराचौर एक घर एक धारा खानेपानी योजना,कांँडे, भदौरे, सल्यान ग्रामीण सडक, विभिन्न वडा कार्यालय भवन, स्वास्थ्य चौकी लगायत सितल गुफाको समेत अवलोकन गरिएको थियो ।


जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैनबहादुर क्षेत्रीले स्थलगत अनुगमन पश्चात उपभोक्ता समिति एवम् जनप्रतिनिधिहरुसंग विकास निर्माणका बारेमा जानकारी लिंदै तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता नहुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


विकास निर्माणमा स्थानीय वासिन्दाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उहाँले प्राविधिकले तोकिएको मापदण्ड अनुसारको काम भए नभएको निगरानी राख्नु पर्नेमा जोड दिनुभयो ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले पालिकाका सवै बडामा विकास निर्माणको काम तिब्र रहेको उल्लेख गर्दै विनियोजित रकमको ७० प्रतिशत भन्दा बढी खर्च भईसकेको जानकारी दिनुभयो ।

समन्वय सदस्य तोरण वानियाकाअनुसार प्राविधिक सहितको टोलीले यस अघि जिल्लाका रुपा, मादी, र माछापुच्छे्र गाउँपालिकाको स्थलगत अनुगमन गरिसकेको छ ।
टोलीमा समन्वयका पदाधिकारी तथा सदस्यहरु, समन्वय अधिकारी, प्राविधिक, पत्रकार लगायतको सहभागिता रहेको थियो । (रासस)

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284