ताजा खबर

अन्नपूर्ण गाउँपालिका कास्कीको सातौं गाँउसभामा विद्यार्थी लगाएत विभिन्न व्यक्ति सम्मानित

   १ माघ २०७६, बुधबार १८:५५      1,230 views

अन्नपूर्ण गाउँपालिका कार्यालय कास्कीले आफ्नो सातौ गाउँसभाको अवसरमा चार जना विद्यार्थी सहित विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।

शैक्षिक सत्र २०७५/०७६ मा गाउँपालिका भित्रबाट चिकित्सा शास्त्रमा एमबिबिएस तहको उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई प्रोत्साहनका साथै गाउँपालिकाको शैक्षिक उन्नयनमा आगामी दिनमा सहयोगको अपेक्षा गर्दै सम्मान गÞरिएको गाँउपालिकाका शिक्षा विभाग प्रमुख बलराम भुगाईले बताउनु भयो ।


सम्मानित विद्यार्थीहरू मध्ये आशिष अधिकारी नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान चिकित्सा शास्त्र महाविद्यालय, सानो भ्याङ्ग काठमाड़ौ, सुबोध अधिकारी र आशिष पौडेल चिकित्सा अध्ययन संस्थान, महाराजगंज काठमाड़ौ र जेनिस रेग्मी बंगलादेशमा एमबिबिस अध्ययनरत छन ।

उहाँहरूलाई गाउँपालिकाका अध्यक्ष युवराज कुँवर र उपाध्यक्ष सगुन गुरुङले जनही नगद पचास हजÞार रूपंैया सहित टिका तथा दोसल्ला ओढाएर सम्मान गÞरिएको थियो ।

सभामा साविकका गाउँपञ्चायत र गाविसबाट निर्वाचित भएका उपप्रधान पञ्च र उपाध्यक्षहरूलाई पनि सम्मान गÞरिएको छ । सम्मानित हुनुहुनेहरूमा पाउदूर पञ्चायतका उपप्रधानपञ्च इन्द्रकुमारी गुरुङ, ढ़िकुरपोखरीबाट इन्द्रप्रसाद पौडेल, कुलबहादुर गुरुङ, कर्णबहादुर गुरुङ, सल्यानबाट दलबहादुर गुरुङ, बुद्वीसागर पौडेल, नारायणबहादुर केसी, मनबहादुर केसी, लुम्लेबाट चित्रबहादुर गुरुङ, गोलमान गुरुङ, प्रेमबहादुर गुरुङ, रनबहादुर गुरुङ, दांगसिंगबाट बिजय गुरुङ, घांद्रुकबाट तिलबहादुर गुरुङ, बिलबहादुर गुरुङ र भदौरेबाट दलबहादुर गुरुङ र पुण्यप्रसाद सुबेदी रहेका छन ।

उहाँहरूलाई अध्यक्ष कुँवर र उपाध्यक्ष गुरुङले टिका तथा दोसल्ला ओढाएर सम्मान गÞरिएको थियो । साविकका छ वटा गाबिस गाभेर अन्नपूर्ण गाऊँपालिका बनेको हो । यस अघिका गाऊँसभामा साविकका गाऊँ पञ्ंचायत र गाबिसबाट निर्वा्चित भएका प्रधानपञ्च र गाबिस अध्यक्षहरूलाई सम्मान गÞरिएको थियो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीका अनुसार छैटौं गाँउसभाबाट सम्पन्न निति योजना तथा कार्यक्रम र बजेट सम्बन्धि चालु आर्थिक बर्षमा हालसम्म सम्पन्न शाखागत प्रगति विवरण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले गाँउसभामा उपस्थित सदस्यहरुलाई जानकारी गराउनु भएको थियो

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284