
अब ताङतिङदेखि क्होला सोंथरसम्म सरर गाडीमा
कास्कीको मादी गाउँपालिका वडा नं. २ ताङतिङबाट गुरुङ जातिको ऐतिहासिक पुख्र्यौली थलो क्होला सोंथरसम्म जोड्ने ताङतिङ क्रपु क्होला सोंथर सम्पाद मार्ग निर्माण हुने भएको छ ।

कास्की जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित संघिया सांसद एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीको विशेष पहल र मादी गाउँपालिकाको समन्वयमा सांसद विकासकोषबाट विनियोजन भएको ७० लाख रुपैंयाको बजेटमा सो मोटरबाटो निर्माण हुने भएको छ ।

आज एक कार्यक्रमका बीच सांसद तथ पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले माटोर बाटोको प्रस्थान विन्दु ताङतिङमा गैचीले बाटो खनेर सिलन्यास गर्नुभयो । गुरुङ जातिको परम्परा अनुसार क्लेप्री गुरु यमबहादुर टु क्लेप्री गुरुङले आर्शिवाद मन्त्र उच्चारण गरि पूजा गर्नुभएको थियो भने मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम), उपाध्यक्ष विष्णुमाया आचार्य पौडेल र मादी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष एकाजंग गुरुङले पनि बाटो खनेर शुभारम्भ गर्नुभएको थियो ।

सिलान्यास पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सांसद खगराज अधिकारीले आफू सांसद रहे पनि नरहे पनि क्होला सोंथर पुग्ने सम्पदा मार्गको निर्माण कार्य सम्पन्न नहुँदासम्म निरन्तर सहयोग गरिरहने बताउनुभयो ।

क्होला सोंथर पैतृक भूमिको हिसाबले गुरुङ जातिको ऐतिहासिक थलो भएपनि यो सबै नेपाल र नेपालीको साझा सम्पदा भएको भन्दै यसको विकास र संरक्षणमा सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । क्होला सोंथरको उचित संरक्षण र सहज यातायातको व्यवस्थ गरि पर्यटन प्रबद्र्धनमा ध्यान दिन सके मुक्तिनाथ भन्दा पनि प्रसिद्ध क्षेत्र बन्न सक्ने उहाँको भनाई छ ।

साथै उहाँले मादी गाउँपािलका संसारकै विचित्र गाउँपालिकाभित्र पर्ने भन्दै यो गाउँपालिकाभित्र संसारकै सबै भन्दा होचो हिमताल, यार्सागुम्बा, पाँच औले, निरामसी जस्ता दुर्लभ जडीबुडी पाईनुका साथै लमजुङ हिमाल दोस्रो र तेस्रो तथा अन्नपूर्ण हिमाल एवं नेपालको नक्साङन अनुसार भौगोलिक रुपमा नेपालको मध्यविन्दु पनि मादी गाउँपालिका भित्रै पर्ने बताउनुभयो । यति धेरै विशेषता बोकेको गाउँपालिकाले भविष्यमा धेरै समृद्धि हासिल गर्न सक्ने उहाँको भनाई छ ।

कार्यक्रममा मादी गाउँपालिकका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले गुरुङ जातिको ऐतिहासिक थलो क्होला सोंथरसम्म पुग्नको लागि र क्होला सोंथरको संक्षरण तथा प्रचार प्रसारको लागि गाउँपालिकाको तर्फबाट सधै पहल जारी रहने बताउनुभयो । यसअघि नै गाउँपालिकाको पहलमा ताङतिङदेखि क्रपुसम्म ७ लाखको लागतमा पदमार्ग समेत निर्माण भई सकेको उहाँले जानकारी दिनुभयो ।

क्होला सोंथरको बाटो मादी गाउँपालिकाको मात्रै नभएर पहिचानको लागि संघर्षरत सबै तमू संघ संस्थाहरुको साझा बाटो भएको भन्दै सबैले चासो राख्न र सहयोग आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीको उपसभापति एवं तमू प्ये ल्हु संघका केन्द्रिय उपाध्यक्ष आइबहादुर गुरुङले क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्नुपर्ने तमू प्ये ल्हु संघले २०५२ सालमै सुरु गरेको क्होला सोंथरको उत्खनन कार्य हाल आएर रोकिएको भन्दै यसलाई पनि सूचारु गर्न गाउँपालिकाले पहल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका संयोजक बैनबहादुर क्षेत्री, तमू ह्युल छोंज धिंका केन्द्रिय सदस्य विष्णुमाया गुरुङ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

ताङतिङ क्रपु क्होला सोंथर सम्पदा मार्ग उपभोक्त समितिका अध्यक्ष हिमाल गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन समितिका सचिव गुमान गुरुङले गर्नुभएको थियो भने मादी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष एकाजंग गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52