ताजा खबर

अब सबै सरकारी स्कूलले होस्टेल र बस अनिवार्य राख्नुपर्छ : मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

   १५ माघ २०७६, बुधबार १७:५३      4,983 views

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले गाउँगाउँमा बसाई सराईले विद्यालयहरु बन्द हुने स्थितीमा पुगेको भन्दै अब हरेक स्थानिय तहहरुले कम्तिमा पनि चारपाँच वटा गाउँको विद्यार्थीलाई समेटेर विद्यालय निर्माण गर्नुपर्ने र स्कूल बसले विद्यार्थीलाई लाने ल्याउने व्यवस्था गर्नुपर्ने तथा टाढाको विद्यार्थीलाई होस्टेलको समेत व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले अहिले शुरुपमा परिक्षण स्वरुप उच्च हिमाली जिल्लाहरु मुस्ताङ, मनाङ र म्याग्दी जिल्लाका ५ वटा ठाउँमा त्यसप्रकारको विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।


पाहार ट्रष्ट नेपालको सातौं वार्षिक साधारसभा तथा तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि गुरुङले नेपालमा संघीयता आईसकेपछि स्थानिय तहमा धेरै जिम्मेवारी हस्तान्तरण हुँदा यसको मार शिक्षा क्षेत्रमा परेको भन्दै उहाँले नेपालको शैक्षिक क्षेत्र अहिले अस्ताव्यस्त अवस्थामा रहेको भन्दै राज्यले यसको उचित व्यवस्थापन गर्न जरुरी रहेको बताउनुभयो ।

पाहार ट्रष्टले नेपालको ग्रामीण भेगको शैक्षिक क्षेत्रमा नेपाल सरकारले समेत गर्न नसकेको काम गरिरहेको भन्दै टाठोबाठो र नेताहरुले यति काम गरेको भए कयौं प्रचार हुने भन्दै सोझो र भू.पू.हरुले नेतृत्व गरेको संस्था भएकोले ठूलाठूला परियोजना समेत चुपचाप सम्पन्न हुने गरेको बताउनुभयो ।


स्थानिय तहहरुले विना अध्ययन र योजना विना नै भौतिक संरचनाहरु तयार गर्दा केही समयमा नै त्यो संरचना कामै नलाग्ने भएको र यसले राज्यको करोडौं रुपैंया नोक्सान भईरहेको भन्दै अबदेखि कुनै नयाँ ठाउँमा विद्यालय भवन, अस्पताल, विश्वविद्यालय आदि बनाउदा यसको सम्भाव्यता अध्ययन गर्न जरुरी रहेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय कुनै बेला देशकै नामी विश्वविद्यालय भएता पनि अहिले राजनीतिक भागबन्डा र नेता कार्यकर्ताको अखडा बनेको कारण सुर्यमुनि भएर पनि धमिलो भएको बताउनुभयो ।

नेपालका कुनै पनि विश्वविद्यालयले आफै बनाएको शैक्षिक क्यालेन्डर अनुसार पठनपाठन गर्न नसकेको भन्दै अब नेपालका विश्वविद्यालयहरुले अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्ने खालको पढाई सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

साथै उहाँले नेपालमा शिक्षा नीतिलाई परिवर्तन गर्न अत्यन्तै जरुरी रहेको भन्दै पढेर हातमा सर्टिफिकेट मात्र लिने तर योग्ता र दक्षता भने केही नहुँदा सरकारलाई एक सय जना दक्ष कामदार चाँहिदा पनि मान्छे नपाउने तर बजारमा दसौं हजार बेरोजगार मान्छे भेटिने भन्दै सबैलाई प्राविधिक र सीपमूलक शिक्षामा जोडदिनुपर्ने बताउनुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284