ताजा खबर

अब सिक्लेस मादी गाउँपालिकाकै साँस्कृतिक ग्राम बन्नेछ, अध्यक्ष वेदबहादुर गुरुङ

   ३० भाद्र २०७६, सोमबार १९:२२      2,420 views

कास्कीको मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले सिक्लेसलाई मादी गाउँपालिकाकै साँस्कृतिक ग्राम बनाउने तयारीमा रहेको बताउनुभएको छ ।

यसका लागि अब सिक्लेसको सबै घरहरु एकैनासको निर्माण गर्ने, गाउँमा ढलान घर निर्माण गर्न नपाउने, नयाँ घर बनाउँदा वडासँग समन्वय गरेर मात्रै निर्माण गरिनुपर्ने बताउनुभयो ।


सिक्लेसमा निर्माण हुन लागेको नम्जु च्युउली युँउला क्होईबुको सहयोगार्थ आज चिउली पार्चे तमू समाज पोखरामा भएको साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सिक्लेसमा निर्माण हुन लागेको दुई वटै क्होइबोको लागि गाउँपालिकाले आगुवाई गर्ने र निर्माण सम्पन्न गर्नलाई सहयोग गर्ने उहाँले बताउनुभएको छ ।
ठूलो बस्ती र धेरै जनसङख्या भएको कारणले गर्दा पनि सिक्लेसमा दुई वटा क्होइबो निर्माण हुनुलाई राम्रो पक्षको रुपमा लिनुपर्ने उहाँको भनाई छ ।


अहिले गाउँपालिकाले १० लाखको लागतमा साँस्कृतिक ग्राम बनाउनका लागि डिपीआरको तयारी गरिरहेको बताउनुभयो । अब सिक्लेसका सबै चोक, चौतारो, बाटो, धारा एकैनासको बनाईने र गाउँमा आउने पाहुनालाई गुगल मार्फत घर नं सर्च गरेर जान सक्ने व्यवस्था हुन लागेको बताउनुभयो ।


अहिले मादी गाउँपालिकाभित्र सञ्चालनमा रहेको दुई वटा जलविद्युत आयोजनाबाट गाउँपालिकालाई २५ प्रतिशत रोयल्टी बापत दुई वर्षमा ४० लाख प्राप्त भएको भन्दै अब गाउँपालिका भित्र निर्माणमा रहेको र योजनामा रहेको सबै जलविद्युत आयोजना निर्माण भएमा आगामी दिनमा गाउँपालिकालाई जलविद्युतको रोयल्टी बापत मात्रै ३ करोड आम्दानी हुने बताउनुभयो ।

यस्तै उहाँले मादी गाउँपालिका भित्र १४ वटा हिमश्रृङखलाहरु रहेको भन्दै अहिले १० वटा हिमालमा आरोहण हुने गरेको भएतापनि त्यो सबै आरोहण मनाङ जिल्लाबाट हुने गरेको र त्यसको आरोण रोयल्टी बापत यो वर्ष गाउँपालिकालाई ७ लाख रुपैंया प्राप्त भएको बताउनुभयो ।
अब त्यो सबै हिमालहरु गाउँपालिकाभित्रैबाट आरोहणको व्यवस्था मिलाउन आफूहरु लागि परेको समेत बताउनुभयो ।


संस्कृति र सम्पदाहरु जति प्रयोग गरयो उति नै बढदै र संरक्षण हुँदै जाने भन्दै हाम्रो भाषा संस्कृति र परम्पराको रक्षाको लागि यसलाई प्रयोग नै गर्नुपर्ने बताउनुभयो ।
अब यस्ता मौलिक र सामाजिक महत्वको चीज निर्माण गर्दा व्यक्तिगत पैसा भन्दा पनि सरकारी बजेटको ताकेता गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा तमू प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमूले सिक्लेसमा क्होइबो निर्माण गर्न आफूहरुको सहयोग जहिले पनि रहने बताउनुभयो । पछिल्लो समय सिक्लेसमा दुईवटा क्होइबो एकसाथ निर्माण हुँदै गर्दा स्थानिय बीचमा केहि मतभेद जस्तो देखिएता पनि दुईवटा क्होइबो निर्माण हुन आफैमा सकरात्मक काम रहेको बताउनुभयो ।


अहिले समयको मागले गर्दा हरेकले घरघरमा क्होइबो बनाउन थालेको अवस्थामा एकै गाउँमा दुईवटा क्होइबो होइन १० वटा क्होइबो निर्माण गर्न जरुरी रहेकोले यसमा विवाद नगर्न र एकले अर्कोलाई मिलेर सहयोग गर्न सबै सिक्लेसबासीलाई आग्राह गर्नुभयो ।

यस्तै नेपाल आदिवासी जनजाति महासंघ पोखरा महानगर कमिटीका अध्यक्ष जंगबहादुर गुरुङले क्होइबो निर्माणको सफलताको कामना गर्दै आफनो व्यक्तिगत तर्फबाट नगद ५० हजार प्रदान गर्नुभयो ।


यस्तै मादी १ का वडा अध्यक्ष सुरजकुमार गुरुङले पनि निर्माण कार्यको सफलताको कामना गर्दै आफनो व्यक्तिगत तर्फबाट ७० हजार रुपैंया सहयोग प्रदान गर्नुभयो । भने मादी २ का वडा अध्यक्ष एकजंग गुरुङले पनि कार्यक्रमको सफलताको कामना गर्दै नगद २५ हजार रुपैंया आर्थिक सहयोग गर्नुभएको छ ।

नम्जु च्युउली युँउला क्होईबुका अध्यक्ष तथा तमू प्ये ल्हु संघ केन्द्रिय पच्यु समितिका समेत अध्यक्ष कुलप्रसाद गुरुङको अध्यक्षतमा भएको कार्यक्रममा उपाध्यक्ष सु.अमरबहादुर गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो भने चलचित्र निर्देशक एवम् संस्कृतिकर्मी कृष्णकुमार गुरुङले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284