ताजा खबर

अविरल वर्षाका कारण पोखरा १३ कमल पोखरी क्षेत्रका ४० घर डुबानमा

   २६ असार २०७७, शुक्रबार १३:४६      6,722 views

अविरल वर्षाको कारण महानगरपालिका वडा नं. १३ मा पर्ने कमल पोखरी क्षेत्रमा ४० घर डुबानमा परेका छन् ।

गएरातीदेखि परेको वर्षाका कारण ऐतिहासिक महत्व बोकेको कमल पोखरीमा समेत बाढी आउँदा पोखरीको अस्तित्व नै संकटमा परेको छ भने पोखरी वरपर निर्माण गरिएका मठ मन्दिर र भर्खरै रोपेको धानबालीमा समेत ठूलो क्षति पुगेको छ ।


डुबानमा परेपछि कमल पोखरीबासीलाई आवतजावतमा समेत समस्य परेको छ भने घर बाहिर पार्किङ गरि राखेको गाडी र मोटर साइकल एवम् स्कुटर समेत डुबेको छ । यस्तै नजिकै रहेको एउटा कुखुरा फर्म समेत डुबेको छ ।


क्षतिको विवरण एकिन नभएपनि बाढीले स्थानियबासीलाई ठूलै क्षति पुगेको कमल पोखरी संरक्षण समितिका अध्यक्ष चित्रबहादुर वि.क.ले जानकारी दिनुभयो ।

वर्षौ पुरानो इतिहास बोकेको कमल पोखरीलाई वर्षेनी आउने बाढी हरेक वर्ष क्षति पुरयाए पनि सम्बन्धित निकायले यसको संरक्षणमा भने खासै चासो नदेखाएको स्थानियले गुनासो गरेका छन् ।

विगतदेखि नै सिमसार क्षेत्रको रुपमा रहँदै आएको यो क्षेत्रमा २०४२ सालदेखि स्थानिय स्तरबाट पोखरीको संरक्षण हुँदै आएको र २०५२ सालबाट त्यस क्षेत्रमा मठमन्दिर निमार्ण गर्ने, पोखरीसम्म पुग्ने ८ सय मिटरको बाटो निर्माण गर्ने र तालको बीचमा नागको मूर्ति प्रतिष्ठापन गर्ने काम भएको थियो ।

चित्रबहादुर वि.क. अध्यक्ष कमल पोखरी संरक्षण समिति


हाल ३२ रोपनी क्षेत्रमा तालको पानी रहेको छ भने केही सिमसार क्षेत्र र केही जंगलको भाग समेत गरि कमल पोखरीले १ सय ८२ रोपनी जग्गा ओगोटेको छ । हरेक वर्ष नाग पञ्चमीमा यस पोखरी वरपर ठूलो मेला लाग्ने र पुजापाठ हुँदै आएको छ ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284