
अष्ट्रेलियाका लिल गुरुङले सञ्चालनमा ल्याए गुरुङ अनलाईन शब्दकोष
सिड्नी
गुरुङ भाषा संरक्षण गर्न अष्ट्रेलियाको सिड्नीबाट अनलाईन शब्दकोष सुरु भएको छ ।
समाजसेवी लिल गुरुङको सक्रियतामा तमू अनलाईन डिक्सनेरी सुरु भएको हो ।

शब्दकोषमा अंग्रेजी, नेपाली र गुरुङ गरी ३ भाषा समेटिएको छ । शब्दकोषमा अंग्रेजी शब्द लेखेर खोजेपछि देव नागरिक लिपीमा गुरुङ भाषाको अर्थ देखिन्छ । जसलाई सहि लवजमा उच्चारण गर्नका लागि त्यो शब्दलाई सुन्ने व्यवस्था समेत गरिएको छ ।
किताबको रुपमा छापिएका शब्दकोषहरु सबै ठाउँमा उपलब्ध नहुने भएकाले डिजिटल शब्दकोष निमार्ण गर्नु परेको सञ्चालक लिल गुरुङले बताउनुभयो । गुरुङ भाषा क्षेत्र र जिल्ला अनुसार केही फरक हुन्छन् । यो शब्दकोषमा सबै क्षेत्रको गुरुङ भाषा समेटिने प्रयास गरिएको निर्माताले भनेका छन् ।
त्यसो त, यो अनलाईन शब्दकोषलाई खुल्ला स्रोतको रुपमा समेत विस्तार गरिएको छ । यसको मतलव गुरुङ भाषा जान्ने जो कोहीले यो अनलाईनमा गएर नयाँ नयाँ शब्दहरु थपघट गर्न सक्छन् ।
यसले सबै खाले गुरुङ भाषालाई एउटै शब्दकोषमा ल्याउन सहयोग पुग्ने बताइएको छ ।
अष्ट्रेलियामा गुरुङहरुको बाक्लो बसोबास छ । व्यक्तिगत प्रयासमा सुरु भएको शब्दकोषलाई संस्थागत रुपमा गठन भएका तमू समाजहरुले समेत सहयोग गर्नुपर्ने निर्माता लिल गुरुङको भनाई छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26