कौराहा सम्मेलनलाई सामाजिक अभियान्ता अनिताले गरिन् युकेमा ८ लाख बढी आर्थिक संङकलन
तनहुँको ऋषिङ झापुटारमा हुने दोस्रो राष्ट्रिय कौराहा सम्मेलनका लागि युकेबाट आठ लाख बढी रुपैयाँ आर्थिक संङ्कलन भएको छ । नेपाल मगर सांस्कृतिक संघको आयोजनामा यही बैशाख ४ र ५ गते झापुटारमा हुने कौराहा सम्मेलन गर्नका लागि युकेमा मात्र ८ लाख १० हजार रुपैया आर्थिक संकलन गरिएको हो ।
मौलिक संस्कृति संरक्षण अभियान्ता, संस्कृतिप्रेमी, मगर संघ युकेका पूर्व उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा सम्मेलन युकेका संयोजक अनिता रानामगरले आर्थिक संङकलन गरेका हुन् । संयोजक रानामगरले युकेमा उक्त आर्थिक संङकलन गरेका हन् । नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय समितिले राष्ट्रिय मौलिक कौराहा सम्मेलनको युके संयोजक चयन गरेका थिए ।

मगर समुदायको इतिहास र सभ्यतासंग जोडिएको नाँच भएकाले कौराहालाई जोगाउन आर्थिक सहयोग संङकलन अभियानमा उक्त रकम संङकलित भएको युके संयोजक रानामगरले बताइन । “सामाजिक सज्जाल र टेलिफोनमा आर्थिक सहयोग अनुरोध गरे,”उनीले भनिन् “ अनुरोधलाई स्वीकार गर्दै कौराहा नाँच बचाउन आर्थिक सहयोग प्राप्त भयो ।” युकेमा मौलिक संस्कृति भनेपछि सबैजना हुरुक्कै हुन्छन् । युकेमा पनि कौराहा नचाउदै आएका छौ, उनीले भनिन् ।
उक्त संकलित रकम कौराहा सम्मेलनमा चेक हस्तान्तरण गर्ने राष्ट्रिय मौलिक कौराहा सम्मेलन युकेका संयोजक रानामगरले जानकारी दिइन् ।
को हो हुन अनिता राना ?

रानामगर संस्कृति त्यसमा पनि कौराहा भनेपछि जीवन नै समर्पण गरे । युकेमा कौराहामय बनाउन श्रीमान् कुमार राना मगर, छोरीहरु सम्झना र सविता रानामगरलाई कौराहा अभियानमा जोडिन् । युकेमा अनिताले कार्यक्रम उद्घोषकको भूमिका, श्रीमान् कुमारले कौराहा गित गाउँदै खैजेडीको ताल मिलाउदा दुवै छोरीहरु नाँचेर साथ दिए । तनहुँ माटोले जन्मेकाले होला अनिता रानामगरको सबै परिवारमा कौराहाको विशेष लगाव देखिन्छ । जसले प्रदेशी भूमि युकेमा हरेक कार्यक्रममा मौलिक कौराहा प्रर्दशन गरेर मगर समुदाय र तनहुँ जिल्लालाई उच्च स्थानमा पु¥याउने काम समेत गरेका छन् ।
अनिता राना मगरको स्थायी घर तनहुँ भानु नगरपालिकाको रानागाउँ हो । महिला सशक्तिकरण, समाज रुपान्तरण, भाषा संस्कृति संरक्षणमा आवाज उठाउने एक योद्धा हुन् अनिता । लामो समयसम्म मगर संघ युकेमा आबद्ध भएर समुदायको हक अधिकार र मौलिक संस्कृति संरक्षणमा कहिल्यै नथाक्ने उदहरणीय नारी हुन् ।
तनहुँ समाज युके देखि नेपाली मेला सम्म मौलिक कौराहा प्रर्दशन गरेर संस्कृति संरक्षणमा ठूलो योगदानमा उनै अनितालाई श्रेय जान्छ ।त्यसैले युकेमा अनिता रानालाई कौराहा बहिनीको उपनामले बलाउन थालिएको हो ।समुदायको हक अधिकार, संस्कृति संरक्षणमा मात्र सीमित भइनन् उनी आर्थिक समृद्धिका लागि व्यवसायमा समेत लागेकी एक मगर महिला हुन् । युकेमा परिश्रम गरेर आर्जन गरेको रकम नेपालमा लगानी समेत गरेकी छिन् । मातृभूमि र संस्कृति प्रेमले उनीले नेपालमा लगानी भित्रि¥याउने मगर महिला हुन् । लाकुरी भज्याङ्ग रिसोर्ट प्रालिका अध्यक्ष भएर पर्यटन व्यवसायमा अगाडि बढेकी छिन् ।
आजको खबर
तनहुँको ऋषिङ झापुटारमा हुने दोस्रो राष्ट्रिय कौराहा सम्मेलनका लागि युकेबाट आठ लाख बढी रुपैयाँ आर्थिक संङ्कलन भएको छ । नेपाल मगर सांस्कृतिक संघको आयोजनामा यही…
अझै पढ्नुहोस्Follow Us
कौराहा सम्मेलनलाई सामाजिक अभियान्ता अनिताले गरिन् युकेमा ८ लाख बढी आर्थिक संङकलन
३ बैशाख २०८३, बिहीबार १७:५१
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38