असहायको भरपर्दो सहारा मानवसेवा आश्रम
अहोरात्र खुल्ला आकाशमुनी नारकीय जीवन विताएका समाजका असहाय एवम् मनोरोगीका लागि यहाँको एक संस्था यतिखेर बरदान सावित भएको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनस्थित मानव सेवा आश्रमले सडकमा लामो समयदेखि कष्टकर जीवन विताउँदै आएका मानिसहरुलाई उद्धार गरि गाँस, वास र कपासको व्यवस्था सहित दिएको पारिवारिक वातावरण उनीहरूका लागि पुर्नजन्म जस्तै बनेको ।
पोखरा बजारका सडक एवम् सार्वजनिक स्थलमा कहालि लाग्दो जीवन विताएका अनाथ, अशक्त, असहाय एवम् मनोरोगीको उद्धार गरि उनीहरूको उपचार, पालनपोषण, संरक्षण गर्दै पुनः पारिवारिक पुनर्मिलन गराउन थालिएको मानव सेवा आश्रम कास्कीका अध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार २०७४ साल चैत १७ पोखरा बजारका विभिन्न स्थानबाट एकैदिन उद्धार गरिएका २३ जनाबाट शुरु गरिएको आश्रममा हाल दुई महिने शिशु सहित ९१ बर्षका जोष्ठ नागरिक लगायत कूल ९० जना छन् ।
आश्रममा आश्रित समाजका अनाथ, अपाङ्ग, अशक्त, असहाय एवम् मनोरोगीको उद्धार, उपचार, पालनपोषण, संरक्षण तथा पारिवारिक पुनर्निलनको माध्यमबाट नेपाललाई सडक मानव मुक्त गर्ने लक्ष्यका साथ संस्थाको स्थापना गरिएको हो ।
पोखरा रामबजारस्थित एसोएस बालग्राम आमा समुह एवम् सफल बचत तथा ऋण सहकारी संस्था पोखरा ७ घारीपाटनद्धारा एक छाक खानाको लागि १७ हजार पाँच सयका दरले सहयोग प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।
उत्पादनसंगै मनोरोगीहरुको जीवनशैलिमा समेत परिवतन आउने र त्यसले सामाजिक जीवनमा लैजान महत्वपूर्ण सहयोग पुग्ने विश्वासका साथ आश्रमको हातामा तरकारी खेती समेत शुरु गरिएकोछ ।
संस्थाको कास्की शाखामा उनीहरूको पालन पोषणमा दैनिक ३५ देखि ४० हजारसम्म खर्च हुने गरेको उहाँको भनाई छ ।
पोखरामा सञ्चालित विभिन्न संघसंस्था, स्थानीय तह लगायत जन्मोत्सव, विवाहगाँठ, पुण्य तिथि, लगायतका विभिन्न पर्वमा गरिने सहयोगले आश्रम सञ्चालन हुँदै आएको बताउँदै उहाँले आश्रममा हाल खानाको समस्या नभए पनि लत्ता कपडा, उपचारमा भने कठिनाइ हुने गरेको धारणा राख्नुभयो ।
आश्रमका लागि गण्डकी प्रदेश सरकारबाट आर्थिक बर्ष २०७५। ०७६ मा छ लाख रुपैया, पोखरा महानगरपालिका वडा नं. ८, ९ र १७ बाट ५०÷५० हजार रुपैयाँका दरले रकम प्राप्त भएको बताउँदै अध्यक्ष तिमिल्सिनाले बार्षिक डेढ करोड रुपैया पालनपोषणमा मात्र खर्च हुने गरेको जानकारी दिनुभयो ।
पोखरा बजारमा कष्टकर जीवन विताउन बाध्य दुई सय ५० जनाको उद्धार गरिएको बताउँदै उहाँले कास्की, गोरखा, पाल्पा, तनहुँ स्याङजा लगायतका विभिन्न जिल्लाका ७० जनालाई उपचार पछि पुनः परिवारमा पुनर्मिलन गराइसकिएको बताउनुभयो ।
मानव सेवा आश्रम कास्कीका सह संयोजक राजन सापकोटाका अनुसार सडकबाट प्रहरी, आमा समूह, क्लव एवम् स्थानीय वासिन्दाको सहयोगमा उद्धार गर्नुभन्दा पनि आश्रममा ल्याई सकेपछि सरसफाई र पारिवारिक वातावरणमा रुपान्तरण गर्न लामो समय लाग्ने गरेको छ ।
आश्रममा आश्रित आमाबुवामा पुरानो कपडा लगाउँदा मानसिक असर पर्ने गरेको कारण नयाँ कपडामा जोड दिैदै आएको बताउँदै उहाँले दाताको सहयोगबाट आश्रम सञ्चालन हुँदै आएको जानकारी दिनुभयो ।
पृथ्वी राजमार्ग वस सञ्चालक समितिका महासचिव योगेन्द्र केसीले पछिल्लो समय मुलुकका सातवटै प्रदेशमा आश्रम सञ्चालनसँगै सडकका मुख्य बजारमा असहाय एवम् मनोरोगीको संख्यामा कमि आए पछि ती व्यक्तिका कारण हुने दुर्घटनामा कमी आएको बताउनुभयो ।
“सबैका लागि खाना, नाना र छाना हाम्रो चाहना” भन्ने मुख्य नारा सहित मकवानपुरमा मुख्य कार्यालय रहेको संस्थाका मोरङ, काठमाडौ, चितवन, ललितपुर, गोरखा, लमजुङ, पर्सा, बागलुङ, कास्की, रुपन्देही र धनगढी, सुर्खेत, लगायतका १२ वटा जिल्लामा शाखा तीन वटा उपशाखा छन् ।
मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीका अनुसार २०६९ सालमा स्थापना भएको संस्थाले आठ हजार भन्दा बढी सडक मानव एवम् मनोरोगीको उद्धार गरिसकेको छ ।
यस अवधिमा २० भारतीय र एक जना वंगलादेशी महिला सहित चार सय जनालाई पारिवारीक पुनर्मिलन गराइ सकिएको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष तिमिल्सिनाका अनुसार सडकमा उद्धार गरिएका महिलाबाट जन्मीएका सन्तानका लागि गोरखा जिल्लामा बाल गोपाल नमूना बालशाखा सञ्चालन गरिएको छ । जुन शाखामा हाल बिभिन्न जिल्लाका ३५ जना बालबालिका आवद्ध छन् ।
कुनै पनि वैदेशिक दातृ राष्ट्रको सर्त सहितको सहयोग नलिई मुठ्ठीदानबाट सञ्चालन लक्ष्यका साथ मानवताका लागि सञ्चालन भएको आश्रमका लागि अहिले स्थानीय सरकारको महत्वपूर्ण सहयोग रहदै आएको उहाँको भनाई छ ।
“एक गास भोजन र एकसरो कपडाका अभावमा कसैले पनि सडक जीवन विताउन नपरोस, दिशा पिसाव र फोहोरमा लत्पत्तिएर जीवनको भिख माग्न नपरोस्” भन्ने अभियानका साथ आश्रम सञ्चाल गरिएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।
नेपालमा २०८२ सालसम्ममा कुनै पनि सडकपेटी एवम् सार्वजनिक स्थलमा अत्यन्त कष्टपूर्ण जीवनयापन गर्न बाध्य हुनुपर्ने अवस्थाको अन्त्यका लागि संस्था कटिबद्ध रुपमा लागेको उहाँले स्पष्ट पार्नुभयो ।
“दाता दिने बेलामा खुशी, दिईरहेको बेलामा शान्त र दिईसकेपछि सर्वोत्कृष्ट हुन्छ” भन्ने अभियान अन्तर्गत मुलुकका विभिन्न १५ वटा शाखा र उपशाखामा एक सय जना मानव सेवा अभियन्ता क्रियाशित रहेको उहाँले जानकारी दिनुभयो ।
“पशुगुणबाट जेले मानिसलाई माथि उठाउँछ त्यसलाई नै मानवता मनिन्छ” भन्ने आधारमा आमाबुवाको दिशालाई फोहोर नसम्झी सरसफाईमा अहोरात्र खटने ४० जना सेवकसेवीका सेवा प्रति समर्पित रहदै आएका छन् ।
संस्थाको सकृयतामा १२ बर्षसम्म गाईको गोठ बाँधिएका लम्जुङ चितीका मानसिं नेपाली, १३ बर्षसम्म हातमा साङगो लगाइएका सप्तरीका उमाकान्त चौधरी, भरतपुर अस्पतालको हातामा आश्रय लिएका छ जना, लुम्वीनी अस्पताल नजिकबाट खुट्टामा भएको घाउमा किरा परेका एक जना र रोल्पाकी पुर्व लडाकु सिता विक भन्ने निर्मला लगायतका दर्जनौको संख्यामा उद्धार गरि सकिएकोछ । (रासस)
आजको खबर
Follow Us
BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.
Written by truck scale suppliers in Iraq 2024-12-05 14:40:08
BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.
BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.
Written by truck scale suppliers in Iraq 2024-12-05 14:40:24