ताजा खबर

आइतवार पोखरामा हुने फोनिजको गण्डकी प्रादेशिक महाधिवेशनको तयारी पुरा

   २७ असार २०७६, शुक्रबार १८:५८      1,155 views

पत्रकारितामा आवद्ध आदिवासी जनजाति पत्रकारहरुको छाता संस्था नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) गण्डकी प्रदेशको आइतवार पोखरामा हुने प्रथम प्रादेशिक महाधिवेशनको तयारी पुरा भएको छ।

आइतवार पोखरामा हुने महाधिवेशनको प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुहुने भएको छ।महाधिवेशन सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसमा गरिने आयोजक समितिले जनाएको छ।

मुलुक संघीयतामा प्रवेश पश्चात फोनिजको स्वरुप पनि संघीय संरचना अनुसार नै लैजान हुने महाधिवेशनमा प्रदेश नं. ४ गण्डकीका करिब ६० प्रतिनीधिहरुको सहभागीता हुने भएको छ।फोनिजका जिल्ला शाखाहरु र संस्थागत सदस्य संस्थाहरुबाट प्रतिनीधित्व हुने महाधिवेशन आयोजक समितिका संयोजक हुमबहादुर तमुले जानकारी दिनुभयो।

महाधिवेशनले एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई सचिव, एक कोषाध्यक्ष र १४ सदस्य गरी २१ सदस्यीय कार्यसमिति गठन गर्ने भएको छ।

नेतृत्व चयनका लागि फोनिजका पुर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार तिलक पुर्जा पुन मुख्य निर्वाचन अधिकृत रहेको निर्वाचन समिति समेत गठन गरिसकेको आयोजक समितिले जनाएको छ।

फोनिजको महाधिवेशन उद्घाटनसँगै तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले स्थापना र फोनिज कास्कीले संचालन गर्दै आएको कर्म–कर्ण आदिवासी जनजाति पत्रकारीता पुरस्कार २०७६ वितरण गरिने भएको छ।

उक्त पुरस्कारबाट विगत २० वर्ष देखि नेवारी भाषाको पोखराया भिन्तुना मासिक पत्रिकाका सम्पादक प्रकाशन उदयबहादुर अमात्यलाई पुरस्कृत गरिने भएको छ। उक्त पुरस्कार १५ हजारसहित सम्मानपत्र रहेको फोनिज कास्कीका सचिव भुपाल गुरुङले जानकारी दिनुभयो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284